back
CTIZAN AD

राति पनि होटल खोल्न पाउनुपर्ने व्यवसायीको माग

वि.सं.२०८२ भदौ १७ मंगलवार

2.7K 

shares

तुलसीपुर (दाङ) । तुलसीपुरका होटल व्यवसायीले राति ११ः०० बजेसम्म होटल खोल्न पाउनुपर्ने माग राखेका छन् । कोरोनापछि होटल व्यवसायमा मन्दी आएकाले राति ११ः०० बजेसम्म खोल्न पाउनुपर्ने उनीहरुको माग छ ।

तुलसीपुर होटल व्यवसायी समितिका अध्यक्ष इन्द्रबहादुर बस्नेत भन्छन् , “कोरोनापछि सबैतिरको व्यापार ठप्प छ, झन् होटल व्यवसायी मारमा छन्, यस्तो बेला होटललाई हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छ ।”

जिल्ला प्रशासन कार्यालयले राती ११ः०० बजेसम्म खोल्न पाउने अनुमति दिएको भए पनि प्रहरीले ९ः०० बजे नै बन्द गराउँदै आएकाले व्यवसायी थप मारमा परेका हुन् । “प्रहरीले जबर्जस्ती ९ः०० बजे नै बन्द गराउँदै हिँडिरहेका छन्, यसले हामीलाई मार परेको छ”, उनले भने ।

राति गाडीमा बाहिरबाट आउनेहरूलाई पनि मध्यनजर गर्नुपर्ने उनको भनाइ छ । तुलसीपुरमा पाँच सय बढी होटल व्यवसायी छन् । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले होटल सञ्चालन गर्ने समयको विषयमा जिल्लाभर एकरुपता हुनुपर्ने बताए ।

प्रहरीले धरपडक गर्ने गरेको भन्दै व्यवसायीले ध्यानाकर्षण गराएपछि सोमबार मात्रै उपमहानगरपालिकाले सर्वपक्षीय बैठक बोलाएको थियो ।

वि.सं.२०८२ भदौ १७ मंगलवार १२:४० मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...