back
CTIZAN AD

फूलखेतीबाट आत्मनिर्भर बन्दै शुलभ

वि.सं.२०८२ भदौ १७ मंगलवार

975 

shares

चितवन । यहाँको भरतपुर महानगरपालिकाका एक युवक सजावटमा प्रयोेग हुने फूलको व्यावसायिक खेतीमा जुटेका छन् । भरतपुर महानगरपालिका–७ निवासी शुलभ श्रेष्ठले हाल सजावटमा प्रयोग हुने फूल कामिनी (बज्रदन्ती) र जिप्सीको व्यावसायिक खेती सुरु गरेका हुन् ।

यी फूलहरू विवाह, व्रतबन्ध, भोजभतेर र महत्त्वपूर्ण कार्यक्रममा सजावटमा प्रयोग हुने गर्छन् । विगत १३ वर्षदेखि व्यावसायिक फूलखेती गर्दै आएका श्रेष्ठले पछिल्लो समय सजावटमा प्रयोग हुने फूलखेती सुरु गरेका हुन् । उनले भने, “बुबाले गरेको व्यावसायिक फूलखेतीलाई अझै परिस्कृत गर्दै अहिले मैले अघि बढाएको हुँ ।”

विगत तीन वर्षदेखि सजावटमा प्रयोग हुने फूल खेती गर्न थालेको उनले भने । “बुबाले सयपत्री फूलको व्यापार गर्नुहुन्थ्यो । मैले यसैलाई विस्तार गरेँ”, उनले भने, “कोरोना भन्दा पहिला काठमाडौँमा बसेर विज्ञापनको ‘कास्टिङ डाइरेक्टर’को काम गर्थेँ । कोरोनाकालमा घर आएँ । सोही समयमा फूलको माग बढेको देखेर यही काममा लागेँ ।” बजारमा कामिनी फूल रु ८० देखि एक सय र जिप्सी रु दुई हजारसम्म पर्ने गर्दछ । कामिनीको हाँगासहित बिक्री हुँदै आएको छ ।

सुरुआती समयमा परीक्षणका रूपमा यी फूल खेती गरेको भए पनि अहिले यसलाई व्यावसायिक रूपमा विस्तार गरेको श्रेष्ठले बताए । हाल यहाँ उत्पादित फूल चितवनसहित काठमाडौँ, पोखरा, वीरगञ्ज, बुटवल, दाङसम्म पठाउने गरेको उनले बताए । व्यवसायलाई अझै बढाउने तयारीमा रहेका ३८ वर्षीय श्रेष्ठले परिवारका सदस्यबाहेक १९ जनालाई रोजगारी दिएका छन् ।

उनले चितवन र नवलपरासीमा गरी तीन बिघा क्षेत्रफलमा कामिनीसहित अन्य फूल लगाएका छन् । “पहिले सयपत्री फूलको माला रु १० मा किनिदिनुस् भनेर भन्दा पनि बिक्री हुँदैनथ्यो । अहिले भएको व्यवसाय देखेर सन्तुष्ट छु”, सुरुआतका दिन सम्झँदै उनले भने, “रातभरि माला बुनेर बिहान बजारमा बिक्रीका लागि लैजाँदा किनिदिने मान्छे कोही हुँदैनथ्यो । अहिले फूलको प्रयोग बढ्दै गएको छ ।” उनी हाल पुष्प व्यवसायबाट सफलता हासिल गर्न सकिन्छ भन्ने प्रेरणाको स्रोत बनेका छन् ।

वि.सं.२०८२ भदौ १७ मंगलवार १३:१५ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...