back
CTIZAN AD

बागमती प्रदेशसभा बैठकः लिपुलेकको सम्बन्धमा कूटनीतिक प्रयास जारी राख्न सुझाव

वि.सं.२०८२ भदौ १७ मंगलवार

1.4K 

shares

मकवानपुर । बागमती प्रदेशसभाको बैठकको शून्य समयमा प्रदेशसभाका १० सदस्यले मुलुुकको सार्वभौमिकता र राष्ट्रियताप्रति छिमेकी राष्ट्रले व्यापारीक मार्ग खुलाउन गरेको लिपुलेक सम्झौता खारेज गर्न प्रदेश सरकारले सङ्घीय सरकारसँग सहकार्य गरेर कूटनीतिक प्रयास जारी राख्न सुझाव दिएका छन् ।

बैठकमा सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूले नेपालको भूभाग लिपुलेक, कालापानी, गुन्जीलगायतका क्षेत्रमा भारतीय पक्षबाट भएको हस्तक्षेपले सार्वभौमिकतामाथि सङ्कट पुर्याउने भएकाले प्रदेश सरकारले भारत र चीनबीच भएको सम्झौता खारेज गराउन सङ्घीय सरकारलाई सहयोग पुर्याउन प्रदेशसभामा सङ्कल्प प्रस्ताव पारित गरी सङ्घीय सरकारलाई जानकारी उपलब्ध गराउन माग गरेका हुन् ।

त्यसैगरी, बैठकमा हेटौँडा–काठमाडौँ जोड्ने त्रिभुवन राजपथअन्तर्गतको हेटौँडा–भैँसे सडकको बाघझोरामा वर्षात्का समयमा बाढीपहिराले घण्टौँ यात्रीहरूले पर्खिनुपर्ने कारणबाट गर्भवती र अन्य बिरामीलाई तत्काल अस्पताल पुर्याउन निकै कठिनाइ भोग्नुपर्ने बाध्यता आएकाले प्रदेश सरकारले अब सो स्थानमा दीर्घकालीन रूपमा यातायात सञ्चालनका लागि पक्की पुल निर्माण गर्न आग्रह गरे ।

उनीहरूले अहिले कृषि उत्पादनका लागि मलखाद अतिआवश्यक भएकाले प्रदेशका १३ जिल्लाका किसानलाई धानखेतीका लागि आवश्यक मल उपलब्ध गराउने क्रममा प्रदेश सरकारले सङ्घीय सरकारसँग समन्वय गरेर हेटौँडामा मलको मौज्दात राख्न सल्लाह दिए ।

सोही बैठकमा काठमाडौँ उपत्यलगायत अन्य जिल्लामा स्वस्थ पिउने पानीको अभाव हुँदा प्रदेश सरकारले प्रभावित क्षेत्रमा अनुगमन टोली पठाई त्यहाँको वस्तुस्थिति जानकारी लिएपछि योजना र बजेट बाँडफाँट गरी सर्वसाधारणलाई पिउनेपानी उपलब्ध गराउने र जिल्लाका सबै अस्पताललाई दक्ष चिकित्सक र स्वास्थ्यकर्मी उपलब्ध गराउन माग गरे ।

सो बैठकमा सबै नेपालीलाई सवारीसाधन सञ्चालनका क्रममा सङ्घीय सरकारले चालक अनुमतिपत्र वितरण गर्न नसकेको अवस्थामा उक्त सवारीसाधनलाई अहिले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गराउँदा आपत्तिजनक रहेको र अब देवनागरी लिपिमा उक्त प्लेट सञ्चालनमा ल्याउन माग गरे ।

सोही बैठकमा सभामुख भुवनकुमार पाठकले कार्यव्यवस्था परामर्श समिति र विषयगत समितिमा सदस्य मनोनयन तथा हेरफेरको प्रस्ताव प्रस्तुत गरेका थिए ।

प्रदेश मामिला समितिमा बहादुरसिंह लामा तामाङ, सुरजचन्द्र लामिछाने, कुञ्जनराज काफ्ले र मदुकुमार श्रेष्ठ सदस्यमा मनोनित हुनुभएको छ । सार्वजनिक लेखा समितिमा मीनकृष्ण महर्जन र श्यामबहादुर खड्कालाई सदस्यमा मनोनित गरिएको छ ।

त्यसैगरी, शिक्षा स्वास्थ्य समितिमा हरिप्रभा खड्गी श्रेष्ठ, उद्योग, पर्यटन तथा वातावरण समितिमा विमल ठकुरीलाई सदस्यमा मनोनित भए । प्रदेशसभाको बैठकले उक्त समिति सदस्यहरूको नामलाई स्वीकृत प्रदान गरिएको छ । प्रदेशसभाका सभामुख पाठकले प्रदेशसभाको बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरेका छन् ।

वि.सं.२०८२ भदौ १७ मंगलवार १६:२७ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...