back
CTIZAN AD

एनएमबि बैंकद्वारा अमर जैन विद्यालयमा स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण

वि.सं.२०८२ भदौ १७ मंगलवार

1.6K 

shares

सर्लाही । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सर्लाहीको लालबन्दी–५ मा अवस्थित अमर जैन विद्यालमा आयोजना गरिएको एक कार्यक्रम बिच विद्यार्थीहरुलाई स्कुल ब्याग र व्वाटर डिस्पेन्सर हस्तान्तरण गरेको छ ।

बैंकले शिक्षा क्षेत्रको विकास र विद्यार्थीहरूको शैक्षिक उन्नयनलाई सहयोग पु¥याउने आफ्नो प्रतिबद्धता अनुरूप यो कार्यक्रम आयोजना गरेको हो ।

बैंकले शिक्षालाई दिगो विकासको आधारशिला मान्दै विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षाको पहुँच पु¥याउन सहयोग गर्ने लक्ष्य राखेको छ । यस पहलले विद्यालयको शैक्षिक वातावरणलाई अझ सुदृड बनाउनुका साथै विद्यार्थीहरूलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा लालबन्दी वडा नं. ५ का वडाध्यक्ष रामप्रसाद ढुंगेलज्यूको प्रमुख आतिथ्य रहेको थियो। उहाँले एनएमबि बैंकको यस पहलको प्रशंसा गर्दै यस्ता कार्यहरूले समाजमा सकारात्मक प्रभाव पार्ने बताए ।

त्यस्तै, एनएमबि बैंकका तर्फबाट मधेश प्रदेश प्रमुख दीपेन्द्र कुमार मिश्रज्यू र लालबन्दी शाखाका प्रबन्धक श्री अरुण आचार्यज्यूको विशेष उपस्थिति रहेको थियो। उहाँहरूले बैंकले आगामी दिनहरूमा पनि यस्ता सामाजिक कार्यहरूमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी र स्थानीय सरोकारवालाहरूको उल्लेख्य उपस्थिति रहेको थियो । सबै सहभागीहरूले बैंकको यस उदाहरणीय कार्यको सराहना गरेका थिए । एनएमबि बैंकले भविष्यमा पनि समाज र राष्ट्रको हितका लागि यस्तै रचनात्मक र सामाजिक रूपमा जिम्मेवार कार्यक्रमहरू सञ्चालन गर्ने वाचा गरेको छ ।

एनएमबि बैंकले हाल देशभरी २०२ शाखाहरू, १८७ एटिएमहरू र ९ एक्सटेन्सन काउन्टरहरू मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

वि.सं.२०८२ भदौ १७ मंगलवार १७:०७ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...