back
CTIZAN AD

पहिरोले सडक अवरुद्ध हुँदा विद्यालय बन्द

वि.सं.२०८२ भदौ १८ बुधवार

2.3K 

shares

दोधारा चाँदनी (कञ्चनपुर)। कञ्चनपुरको भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जोड्ने सडक पहिरोका कारण अवरुद्ध भएको छ । लगातारको वर्षाका कारण विभिन्न स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएपछि खल्लास्थित भीमदत्त स्मृति आधारभुत विद्यालयमा पठनपाठन बन्द भएको हो ।

विभिन्न स्थानमा सडकमाथिबाट आएको पहिरोका कारण विद्यार्थीलाई विद्यालय आवागमनमा समस्या हुने भएपछि पठनपाठन बन्द गरिएको विद्यालयका शिक्षक सुरज जोशीले जानकारी दिए । “सडकका विभिन्न स्थानमा पहिरो आएको छ, आवतजावत गर्न निकै समस्या छ”, उनले भने, “नियमित सडक सञ्चालन नभएसम्म विद्यालयमा पठनपाठन गर्न सकिने अवस्था छैन ।”

“यहाँको दुर्गम बस्ती खल्ला, मसेट्टी र टुँडिखेलको भौगोलिक बनावट पहाडी भेगको जस्तै छ । महेन्द्रनगर सदरमुकामबाट यहाँ पुग्न चुरे भएर बग्ने १३ वटा खहरेखोला तर्नु पर्दछ । यहाँ वर्षा हुँदा खोलामा आउने बाढीका कारण पनि विद्यार्थीहरूलाई आवागमनमा सास्ती हुन्छ”, जोशीले भने ।

आइतबारदेखि यहाँ भारी वर्षा भइरहेकाले सडकमाथिबाट आएको पहिरोले भीमदत्त नगरपालिका–९ खल्ला मसेट्टी जाने सडक र विद्युत सेवा अवरुद्ध भएको भीमदत्त–९ का वडाध्यक्ष गगन सिंह कार्कीले जानकारी दिए । “पहिरोले विद्युत्का खम्बामा समेत क्षति गरेको छ भने हालसम्म सडक खुलाउन सकिएको छैन”, उनले भने, “सडक अवरुद्ध भएपछि खल्ला मसेट्टी आवतजावत बन्द भएको छ ।”

भीमदत्त नगरपालिकाका कार्यवाहक नगरप्रमुख केशवसिंह विष्टले वर्षाका कारण खल्ला मसेट्टीमा सडक र विद्युत् सेवा अवरुद्ध भएको बताए । “लगातारको वर्षाका कारण पहिरो हटाउने काम गर्न सकिएको छैन”, उनले भने, “विद्युत् र सडक सञ्चालनका लागि प्रयास भइरहेको छ ।”

कञ्चनपुरको दुर्गम भेगका रूपमा चिनिने भीमदत्त नगरपालिका–९ को खल्ला, मसेट्टी र टुँडिखेल विकासका पूर्वाधारबाट पछाडि परेको छ । उक्त बस्तीमा चार सय ७० परिवारको बसोबास छ । वर्षातमा बाढी पहिरोले सडक अवरुद्ध हुँदा यहाँका स्थानीयले सास्ती खेप्दै आएका छन् । रासस

प्रतिक्रिया

वि.सं.२०८२ भदौ १८ बुधवार १५:०० मा प्रकाशित

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

जनप्रतिनिधिसँग बालबालिकाका माग

जनप्रतिनिधिसँग बालबालिकाका माग

टीकापुर (कैलाली) । स्थानीय पालिकाका जनप्रतिनिधिसँग सबै बालबालिकाको गुणस्तरीय शिक्षामा...

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

गोबरबाट सजावटका सामग्री बनाउन तालिम

कैलाली । गौशालाको गोबरबाट विभिन्न सामग्री उत्पादनसम्बन्धी सीपमूलक तथा आयआर्जनमूलक...