back

एआई प्रविधिमा अगाडि बढ्दै ‘एनथ्रपिक’, १३ अर्ब डलर लगानी सङ्कलन

वि.सं.२०८२ भदौ १९ बिहीवार

2K 

shares
सान फ्रान्सिस्को ।  अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) स्टार्टअप एनथ्रपिकले १३ अर्ब अमेरिकी डलरको लगानी जुटाएको छ । यो लगानी आईकोनिक नामक लगानी संस्थाको नेतृत्वमा सिरिज एफ चरणमा गरिएको हो । कम्पनीको पछिल्लो मूल्यांकन १८३ अर्ब डलर पुगेको छ ।
‘एनथ्रपिक’ एक अमेरिकी कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधि कम्पनी हो, जसले सुरक्षित, पारदर्शी र उत्तरदायी एआई प्रणालीहरू विकास गर्ने लक्ष्य राखेको छ ।
सन् २०२१ मा पूर्व ओपनएआई अनुसन्धानकर्ताहरूले स्थापना गरेको यो कम्पनी विशेषगरी ‘क्लोड’ नामक उन्नत भाषा मोडेलहरू निर्माण गरेर चर्चित भएको हो ।
 एनथ्रपिकको मुख्य उद्देश्य मानवीय मूल्यसँग मेल खाने र दीर्घकालीन रूपमा सुरक्षित रहने एआई प्रविधि तयार गर्नु हो । यस कम्पनीले व्यवसायिक प्रयोगका लागि भरपर्दो एआई समाधानहरू प्रदान गर्दैछ, जसमा भाषा प्रशोधन, ज्ञान सहायता र निर्णय समर्थन प्रणालीहरू पर्छन् ।
यस लगानी चरणमा फिडेलिटी म्यानेजमेन्ट एन्ड रिसर्च कम्पनी र लाइटस्पिड भेन्चर पार्टनर्सले पनि सह–नेतृत्व गरेका छन् ।
कम्पनीका अनुसार, यो लगानीले व्यवसायिक माग पुरा गर्न क्षमता विस्तार, सुरक्षा अनुसन्धानमा गहिराइ ल्याउन तथा अन्तर्राष्ट्रिय विस्तारमा सहयोग पु¥याउनेछ ।
“हाम्रो सम्पूर्ण ग्राहक समूहमा माग तीव्र रूपमा बढिरहेको छ,” एनथ्रपिकका आर्थिक प्रमुख (सीएफओ) कृष्ण रावले बताए ।
यसअघि मार्च महिनामा, कम्पनीले सिरिज ई चरणमा ३.५ अर्ब डलर जुटाउँदै ६१.५ अर्ब डलरको मूल्यांकन प्राप्त गरेको थियो ।
कम्पनीका अनुसार, २०२३ को मार्चमा क्लोड नामक एआई मोडेल सार्वजनिक गरेपछि एनथ्रपिकको विकास दर निकै तीव्र भएको हो ।
(रासस/सिन्ह्वा)

वि.सं.२०८२ भदौ १९ बिहीवार १८:३९ मा प्रकाशित

Himalayan Life AD
अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

अमेरिकी स्टक एक्सचेञ्ज नास्डाकमा नेपालीको कम्पनीको कारोबार सुरु

वाशिङ्गटन डिसी (अमेरिका) । नेपाली मूलका व्यक्तिले स्थापना गरेको सूचना...

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

ह्वाइट हाउसद्वारा नर्वेको नोबेल समितिको आलोचना

वासिङ्टन ।  भेनेजुएलाकी विपक्षी नेतृ मारिया कोरिना मचाडोलाई शान्ति पुरस्कार...

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

चिनियाँ राष्ट्रपति सीसँगको भेटको कुनै कारण नदेखेको अमेरिकी राष्ट्रपति ट्रम्पको भनाई

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ समकक्षी सी जिनपिङसँग...

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक...

बङ्गलादेशका दुईदर्जन पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

बङ्गलादेशका दुईदर्जन पूर्व उच्च सुरक्षा अधिकारीविरूद्ध पक्राउ पुर्जी जारी

ढाका।   बङ्गलादेशको एक अदालतले अपदस्थ प्रधानमन्त्री शेख हसिनाको शासनकालमा नागरिकको...

यस वर्षको  नोवेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकलाइ प्रदान गरिने 

यस वर्षको  नोवेल पुरस्कार जापान, अस्ट्रेलिया र अमेरिकाका तीन वैज्ञानिकलाइ प्रदान गरिने 

स्टकहोम । यो वर्ष रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जापान, अस्ट्रेलिया र...