back
CTIZAN AD

जलवायु सङ्कट गहिरिँदैः युरोपमा डढेलो बारम्बार हुने स्थिति

वि.सं.२०८२ भदौ १९ बिहीवार

2.4K 

shares
म्याड्रिड  ।  गत अगस्त महिनामा स्पेन र पोर्चुगलमा फैलिएको भीषण डढेलोले ती क्षेत्रहरूमा ठूलो क्षति पु¥याएको छ । एक नयाँ वैज्ञानिक अध्ययनअनुसार, यस्ता परिस्थिति जलवायु परिवर्तनका कारण उत्पन्न भएका हुन् ।
अगस्त महिनाभर इबेरियन प्रायद्वीपमा तापक्रम असामान्य रूपले बढेको थियो । धेरै स्थानमा ४० डिग्री सेल्सियसभन्दा माथिको तापक्रम मापन गरिएको थियो, जसले गर्दा विशेषगरी उत्तर पोर्चुगल र पश्चिम तथा उत्तरपश्चिमी स्पेनमा डढेलो फैलन थालेको थियो ।
उक्त डढेलोबाट स्पेन र पोर्चुगल दुबै देशमा ४–४ जनाको मृत्यु, हजारौँ नागरिकको सुरक्षित स्थानतर्फ सार्ने व्यवस्था र विशाल वन तथा कृषियोग्य भूमि नष्ट भएको छ ।
युरोपेली वन डढेलो जानकारी प्रणालीका अनुसार, स्पेनमा यस वर्ष तीन लाख ८० हजार हेक्टरभन्दा बढी जमिन डढेलोबाट प्रभावित भएको छ, जुन हालसम्मकै सबैभन्दा उच्च र वर्षे औसतको झण्डै पाँच गुणा बढी हो ।
त्यस्तै, पोर्चुगलमा पनि दुई लाख ८० हजार हेक्टरभन्दा बढी जमिन डढेलोबाट नष्ट भएको जनाइएको छ, जुन सामान्य वार्षिक औसतको तीन गुणा बढी हो ।
विश्व मौसम सम्बन्ध पहिचान समूहद्वारा गरिएको अनुसन्धानअनुसार, मानवजन्य तापवृद्धिका कारण यस्ता मौसमीय अवस्था ४० गुणा बढी सम्भाव्य भएका हुन् । साथै, यस्ता डढेलोको तीव्रता पनि ३० प्रतिशतले बढी भएको पाइएको छ ।
इम्पेरियल कलेज लन्डनका वैज्ञानिक कीपिङका अनुसार,“यदि तापवृद्धिमा मानवको प्रभाव नहुने हो भने, यति गम्भीर डढेलो ल्याउने मौसम करिब ५ सय वर्षमा एकपटक मात्र देखिने सम्भावना हुन्थ्यो । तर अहिले यस्तो अवस्था प्रत्येक १५ वर्षमा एकपटक देखिन थालेको छ ।”
गर्मीले वनस्पति अत्यधिक सुक्ने भएकाले डढेलो फैलन सजिलो हुने जनाइएको छ । स्पेनको मौसम विभागका अनुसार, यो अगस्त महिनामा भएको १६ दिन लामो गर्मी लहर अहिलेसम्मकै सबैभन्दा कडा भएको थियो । अघिल्ला वर्षहरूको तुलनामा यसपटकको गर्मी लहर ४.६ डिग्री सेल्सियस बढी मापन गरिएको हो ।
स्पेनको कार्लोस तेस्रो स्वास्थ्य संस्थानले दिएको अनुमानअनुसार, सो गर्मी लहरका कारण करिब एक हजार एक सय जनाको ज्यान गएको छ ।
सन् १९७५ यता स्पेनमा ७७ वटा गर्मी लहरहरू दर्ता भएका छन् । यस किसिमको डढेलोको जोखिम अझ बढ्नुमा गाउँवस्तीको खालीपन र परम्परागत खेती तथा पशुपालनको गिरावट समेत कारण भएको विज्ञले उल्लेख गरेका छन् ।
रेडक्रस–रेडक्रेसन्ट जलवायु केन्द्रकी सल्लाहकार माया वालबर्गका अनुसार,“पहिले मानिसहरूले बसोबास गर्ने, खेतीपाती गर्ने र गाईबस्तु चराउने ठाउँहरू अहिले खाली हुन थालेका छन् । यस्तो अवस्था आउँदा प्राकृतिक वनस्पति नियन्त्रण कम हुन्छ र भू–भाग डढेलोका लागि अझ जोखिमपूर्ण बन्न पुग्दछ ।”(रासस÷एएफपी

वि.सं.२०८२ भदौ १९ बिहीवार १८:३४ मा प्रकाशित

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

 अनशनरत भारतीय अभियन्ताको स्वास्थ्य अवस्थाबारे चिन्ता

नयाँदिल्ल । नयाँदिल्लीको एक अदालतले बिहीबार भारतको परीक्षा प्रणालीविरुद्ध अनशनरत...

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

अमेरिकी महिलाको रिहाइमा ‘शुभेच्छाको इशारा’:  भन्दै राष्ट्रपति ट्रम्पद्धारा प्रशंसा

वाशिङटन, अमेरिका । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्थानीय समय अनुसार...

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फाइनलमा प्रवेश

काठमाडौँ । इङल्यान्डलाई पराजित गर्दै अर्जेन्टिना ‘फिफा विश्वकप २०२६’ को...

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

न्युयोर्कमा नेपाली–अमेरिकन व्यापार तथा लागानी सम्मेलन हुने

काठमाडौँ । नेपाल र अमेरिकाबीच व्यापार, लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा...

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

इरानबाट आएका चार क्षेप्यास्त्र जोर्डनको हवाई प्रतिरक्षाद्वारा निस्तेज

अम्मान । जोर्डनको हवाई प्रतिरक्षा प्रणालीले मङ्गलबार बिहान इरानी भू–भागबाट...

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्ककको पबमा आगलागीः आधारभूत सुरक्षा उपायको अभाव रहेको विज्ञको दाबी

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककस्थित एक बारमा भएको भीषण आगलागीमा...