back
CTIZAN AD

हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ ः राष्ट्रपति पौडेल

वि.सं.२०८२ भदौ २० शुक्रवार

1.2K 

shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्ने बताएका छन् ।

राष्ट्रपति पौडेलले सेन्ट मेरिज माध्यमिक विद्यालय जावलाखेलको ७० औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सो धारणा व्यक्त गरेका हुन् ।

“विद्याले विनयशील नागरिक जन्माउँछ, अनि सक्षम देशभक्त तयार हुनुपर्छ, हामीले हाम्रो शिक्षालाई ज्ञान, सीप र उद्यमशीलतासँग जोड्नुपर्छ”, राष्ट्रपति पौडेलले भने ।

देशमा उत्पादन, रोजगारी बढाएर आत्मनिर्भर अर्थतन्त्रको विकासप्रति केन्द्रित हुनुपर्नेमा उनले जोड दिए । राष्ट्रपति पौडेलले निश्चय नै शिक्षा अन्तस्करणको चेतना जागृत गर्ने माध्यम मात्र नभएर सामाजिक, आर्थिक र सांस्कृतिक रूपान्तरणको अचुक अस्त्र पनि हो र यसले आलोचनात्मक चेतको विकास गर्छ भने । साथै, उत्तरदायी, जवाफदेही र निर्णय क्षमता अभिवृद्धिबाट आफू, देश र जनताको हितमा समर्पित हुने ऊर्जा शिक्षाले दिने उनको भनाइ थियो ।

मुलुकमा राजनीतिक परिवर्तनपछि शिक्षा, स्वास्थ्य, सञ्चार एवं सूचना प्रविधि, सडक, पूर्वाधार, जलविद्युत् र ग्रामीण क्षेत्रको विकासमा प्रगति भएको बताउँदै उनले यही लोकतान्त्रिक शासन प्रणालीले निर्वाध स्वतन्त्रता मात्र होइन विकास, भरोसा र प्रगतिको उज्यालो देखाएको छ भने । “सच्चिने, सिंहावलोकन गर्ने अनि अगाडि बढ्ने उच्चतम अवसर यही शासन प्रणालीले निःसृत गरेको छ, हामीले निराशा, गुनासा र असन्तुष्टि त्याग्नै पर्छ । अनि सुशासनको माध्यमबाट आशा, भरोसा, प्रगति र विकासको एउटा अविराम यात्रालाई सबै मिलेर पूरा गर्नु हामी सबैको साझा दायित्व हो”, राष्ट्रपति पौडेलले भने ।

उनले युग निर्माणको यो युगिन अवसरबाट हामी चुक्न हुँदैन भन्दै त्यसको लागि आवश्यक योजना, उपयुक्त नीति, स्वप्नदर्शी नेतृत्व र जनता केन्द्रित सरकारका कार्यक्रम आवश्यक भएको धारणा व्यक्त गरे । “त्यही अनुसारको शिक्षा दिएर सक्षम, योग्य र उद्यमशील जनशक्ति उत्पादन गर्नेतर्फ हाम्रो ध्यान केन्द्रित हुनुुपर्दछ, नीति निर्माता, सरकार र शिक्षण संस्थाको अर्जुन दृष्टि यसैमा केन्द्रित होस् भन्ने म चाहन्छु”, उनले भने ।

उनले शिक्षा प्राप्त गर्नु भनेको केवल ज्ञान प्राप्त गर्नु मात्र हैन, यसले जीवनको आदर्शलाई उच्च बनाउनुपर्छ भने । “न्याय, निष्ठा, नम्रता, स्वाभिमान, स्वतन्त्रता, मानवता, प्रेम, सेवा, करुणा जस्ता मानवीय गुणका शास्वत र अनन्त स्वरूपलाई धारण गर्दै सार्थक जीवन जीउने कला सिकाउनुपर्दछ । असल र गुणस्तरीय शिक्षाबाट नै मानव जीवनको सार्थकता प्रमाणित गर्न सकिन्छ”, उनले भने ।

वि.सं.२०८२ भदौ २० शुक्रवार १८:०६ मा प्रकाशित

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

पूर्वतिर सर्दै वर्षा गराउने प्रणाली, आवश्यक सतर्कता अपनाउन आग्रह

काठमाडौँ । हाल लुम्बिनी, कर्णाली, बागमती, मधेस र कोशी प्रदेशका...

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

१० महिनामा १९ खर्ब १६ अर्ब बढी रेमिट्यान्स भित्रियो

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनामा विदेश गएका नेपालीले...

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

नवनियुक्त मन्त्रीद्वय गुरुङ र पुनद्वारा पद तथा गोपनियताको शपथ ग्रहण

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र...

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

बीस किलोमिटर नहर क्षेत्रमा अतिक्रमणः अतिक्रमण हटाउन सात दिने अल्टिमेटम

महेन्द्रनगर । महाकाली सिँचाइ आयोजनाअन्तर्गतको पहिलो र दोस्रो चरणको मूल...

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवद्र्धनको एजेन्डामा छलफल

काठमाडौँ । स्वदेशी उत्पादनलाई राष्ट्रिय गौरवका रूपमा प्रवद्र्धन गर्न सरकारले...

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

बिपी राजमार्गको रोशी क्षेत्रमा सवारी आवागमन बन्द

काभ्रेपलाञ्चोक । सम्भावित जोखिमलाई मध्यनजर गर्दै बिपी राजमार्गमा आज मध्याह्न...