काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले काठमाडौँमा कर्फ्यु जारी गरको छ ।
जेनजीको प्रदर्शन उग्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालयले कर्फ्युको आदेश दिएका हो ।प्रशसनको अनुसार आज १२ः३० देखि राती १० बजेसम्मको लागि कर्फ्यु जारी गरेको हो ।
कार्यालयले जारी गरेको सूचना अनुसार नयाँ बानेश्वर चोकदेखि पश्चिम एभरेस्ट होटल हुँदै बिजुली बजारसम्म, बानेश्वर चोकदेखि पूर्वतर्फ मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म, बानेश्वरदेखि उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म र बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यु आदेश जारी गरिएको उल्लेख छ ।

वि.सं.२०८२ भदौ २३ सोमवार १२:४६ मा प्रकाशित






























