काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी छोरी गंगा दाहालको घरमा एक जना पुरुषको शव फेला परेको छ ।
मंगलबार उग्र रुपले आन्दोलन गरिरहेका युवाले प्रदर्शनकारीहरूले ललितपुर महानगरपालिका–२६ स्थित सुनाकोठीमा रहेको दाहालको घरमा आगजनी गरेका थिए ।
ललितपुरका प्रहरीका अनुसार जलेको अवस्थामा एक जना पुरुषको शव फेला परेको र उनको पहिचान हुन बाँकी रहेको छ ।
वि.सं.२०८२ भदौ २५ बुधवार १४:४१ मा प्रकाशित






























