पोखरा । गण्डकीका मन्त्री तथा व्यवसायी विन्दुकुमार थापाको पोखरा लेकसाइडस्थित अंशुभरा ग्रुपको भवनमा एक महिलाको शव फेला भेटिएको छ । आन्दोलनकारीले सो भवनमा हिजो आगो लगाइदिएका थिए ।
विन्दुकुमार थापाका भाइ ध्रुवो नयाँबजारस्थित रहेको गाडीको स्वरूममा पनि बिहान एक महिलाको शव फेला परेको थियो । शरीर पूरै जलेको अवस्थामा बिहान शव फेला परेको प्रहरीको भनाइ छ ।
आन्दोलनकारीले मन्त्री थापाको घर, व्यावसायिक प्रतिष्ठान अशुंभरा र बगैंचा रिसोर्टमा तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उनकै भाइ ध्रुवको भर र गाडीको स्वरूममै आगो लगाइदिएका थिए ।
आन्दोलनकारीले जलाएको घरमा महिलाको शव फेला
वि.सं.२०८२ भदौ २५ बुधवार १४:२२ मा प्रकाशित






























