back
CTIZAN AD

नवलपुर निषेधाज्ञा जारी : क्षतिको विवरण सङ्कलन गरिँदै

वि.सं.२०८२ भदौ २५ बुधवार

1.5K 

shares

नवलपुर (नवलपरासी) । जेन–जी प्रदर्शनका क्रममा मङ्गलबार नवलपरासी –बर्दघाट–सुस्ता)मा रहेका विभिन्न राजनीतिक दल र तिनमा आवद्ध नेताहरुको घरमा तोडफोड र आगजनी गरिएका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालकाअनुसार नेपाली कांग्रेस, नेकपा (एमाले) तथा नेकपा (माओवादी केन्द्र)का पार्टी कार्यालयमा आगजनी भएको छ । त्यस्तै यी राजनीतिक दलका नेताहरुको घरमा समेत आगजनी र तोडफोड भएको उनले जानकारी दिए । “जिल्लामा सरकारी कार्यालयभन्दा पनि बढी राजनीतिक पार्टी र उनीहरुको घरमा तोडफोड र आगजनी भएको छ” उहाँले भन्नुभयो, “त्यस्तै कावासोती नगरपालिका, गैँडाकोट नगरपालिकामा समेत आगजनी र तोडफोड भएको छ ।”

नवलपुरको गैँडाकोटस्थित मौलाकाली केबलकारको तल्लो स्टेशनमा समेत प्रदर्शनकारीले आगजनी गरेका नेपालको भनाइ छ । “जिल्लामा भएका क्षतिहरुको विवरण हामीले सङ्कलन गर्ने क्रम जारी छ” उनले भने, “अहिले जिल्ला अवस्थामा नियन्त्रणमा छ ।” जिल्लामा निषेधाज्ञा जारी रहेको उनले बताए ।

वि.सं.२०८२ भदौ २५ बुधवार १४:०५ मा प्रकाशित

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पर्वत मिलन समाजका सदस्यलाई चरक मेमोरियल अस्पतालमा विशेष छुट

पोखरा । पर्वत मिलन समाज, पोखरा र चरक मेमोरियल अस्पताल...

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

गोसाइँकुण्डमा तीर्थयात्रीका लागि खाद्यान्नको व्यवस्थापन गरिँदै

रसुवा । आगामी भदौ १२ गते जनैपूर्णिमाका अवसरमा पवित्रतीर्थस्थल गोसाइँकुण्डमा...

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

ग्यास अभाव हुँदैन, अनावश्यक सिलिण्डर सञ्चय नगरौँः ग्यास उद्योग सङ्घ

काठमाडौँ । नेपाल एपली ग्यास उद्योग सङ्घले पछिल्लो समय ग्यासको...

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

बुबाको निधनपछि मेस्सी अनुपस्थित मियामी लिग्स कपमा पराजित

मियामी । बुबाको निधनपछि लियोनेल मेस्सी अनुपस्थित रहँदा इन्टर मियामीले...

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

युरोपमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले गरे नेपाल–युरोप स्वास्थ्य सहकार्यबारे छलफल

जेनेभा । नेपाल र युरोपमा कार्यरत नेपाली चिकित्सक तथा स्वास्थ्यकर्मीहरू...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...