back
CTIZAN AD

जितिया पर्वको व्रत समापन

वि.सं.२०८२ भदौ ३० सोमवार

1.1K 

shares

महेन्द्रनगर (धनुषा) । महिलाहरुले आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित मनाउने जितिया पर्वअन्तर्गतको निराहार व्रत आज समापन भएको छ ।

यो पर्वमा महिलाहरुले तीन दिन विधिपूर्वक अनुष्ठान सम्पन्न गर्छन् । यस वर्षको जितिया पर्वअन्तर्गत शनिबार राति ‘ओगटन’ (दर) खाएर महिलाहरुले व्रत सुरु गरेका थिए । त्यसपछि आइतबार पानीसमेत नखाई निराहार व्रत बसेका महिलाहरुले आज बिहान नुहाइधुवाइ गरी व्रत समापन गरेका हुन् ।

व्रतको दोस्रो दिन महिलाहरुले जितमाहा अर्थात् धर्मवीर पुत्र जितुवाहनको कथावाचन तथा पूजा–अर्चना गरी सन्तानको दीर्घायुको कामना गरेक ाथिए । पर्वको अन्तिम दिन विधिपूर्वक फलाहार वा अन्नग्रहण गरी व्रत समापन गरिन्छ । विशेषगरी मिथिला क्षेत्र, तराई मधेसका जिल्ला, काठमाडौँलगायत सहरमा रहेका मैथिल समुदायले यो पर्व भव्य रूपमा मनाइन्छ । जितिया कठोर व्रतमध्ये एक हो । महिलाहरु सन्तानप्रति मातृभाव र समर्पण प्रदर्शन गर्दै एक दिन–एक रात निराहार उपवास गर्छन् । धार्मिक विश्वासअनुसार यस व्रतले सन्तानको आयु लम्ब्याउने, स्वास्थ्य राम्रो बनाउने र सङ्कटबाट जोगाउने विश्वास गरिन्छ ।

वि.सं.२०८२ भदौ ३० सोमवार १३:५३ मा प्रकाशित

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...