back
CTIZAN AD

हराएका हतियार खोज्दै प्रहरी

वि.सं.२०८२ भदौ ३० सोमवार

687 

shares

काभ्रेपलाञ्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले ‘जेनजी पुस्ता’ले गरेको आन्दोलनका क्रममा हराएका हतियार र लुट्ने व्यक्तिको पहिचान कार्यलाई तीव्रता दिएको छ ।

शनिबारदेखि अभियानका रुपमा खोजी गरेको प्रहरीले केही हतियार, गोली बरामद गर्दै अपराधमा संलग्न केही व्यक्तिलाई पक्राउसमेत गरेको छ । यसबीचमा प्रहरीले ठूलो परिमाणमा गोलीसहित आठ जनालाई पक्राउ गरेको छ ।

यस्तै आन्दोलनका क्रममा कारागारबाट फरार भएका ३७ कैदीबन्दीलाई पक्राउ गरी आइतबार सम्बन्धित कारागार पठाएको जनाइएको छ । प्रहरी उपरीक्षक कोमल शाहले आन्दोलनका बेला भएका लुटपाट, चोरी र तोडफोडमा संलग्नको पहिचानसहित पक्राउ कार्यलाई तीव्रता दिइएको बताए। मातहतका प्रहरी युनिटलाई आगजनी, तोडफोड तथा लुटपाटमा संलग्नलाई खोजी गर्न निर्देशन दिइएको छ ।

प्रहरीले बनेपा नगरपालिका–९ बाट ७३० राउन्ड गोलीसहित ८ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बनेपा–९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ वर्षीय एक किशोर र १५ वर्षीय एक बालक रहेका छन् । यस्तै तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का तथा बारा घर भएका २० वर्षीय महेश मुखिया र मकवानपुरको बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो रहेको प्रहरीले जनायो । यसैगरी प्रहरीले शनिबार मण्डनदेउपुर नगरपालिका–७ घर भई हाल बनेपा नपा–९ लायकुस्थित डेरा गरी बस्ने ३४ वर्षीय सन्तोष श्रेष्ठलाई उनकै डेराबाट एक कटुवा पेस्तोल तथा ३६ राउन्ड गोलीसहित पक्राउ गरेको छ ।

यसैगरी फरार भई काभ्रेपलाञ्चोकबाट पक्राउ गरिएका कैदीबन्दीमध्ये केन्द्रीय कारागारका १८, डिल्लीबजार कारगारका १४, नक्खु कारागारका ३ र सिन्धुली कारागारका दुई जना रहेको प्रहरी उपरीक्षक शाहले जानकारी दिए। नियन्त्रणमा लिई धुलिखेलस्थित हिरासतमा राखिएका कर्तव्य ज्यान मुद्दाका १२, जबर्जस्तीकरणीका नौ, लागूऔषधका ४, चोरीका ४, अपहरण तथा शरीर बन्धकका दुई, सवारी ज्यानका दुई, ठगीका दुई, मानव बेचबिखनका एक तथा ‘ओभर स्टे’ एक जनालाई सम्बन्धित कारागार कार्यालयमा पठाइएको छ ।

वि.सं.२०८२ भदौ ३० सोमवार १४:३१ मा प्रकाशित

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

पालिकाले दियो किसानलाइ २६ लाख बराबरको कृषि सामाग्री

खोटाङ । रावाबेँसी गाउँपालिकाले कृषि उपजको उत्पादन वृद्धि र किसानको...

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

झाडी फाँडेर फलफूल बगैँचा, वार्षिक २० लाखको कारोबार

म्याग्दी । बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी...

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

चिकित्सक लाइसेन्स परीक्षामा स्वदेशी कलेज अग्रस्थानमा

काठमाडौँ । यसवर्ष नेपाल मेडिकल काउन्सिल (एनएमसी) ले सार्वजनिक गरेको...

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

पाँच दिनदेखि सगरमाथामा बेपत्ता भएका शेर्पाको उद्धार

काठमाडौँ । सगरमाथा आरोहणका क्रममा पाँच दिनदेखि बेपत्ता भएका दावा...

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु

घोराही (दाङ) । रोल्पामा आज बिहान भएको जीप दुर्घटनामा परी...

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

परराष्ट्रमन्त्री खनाल भारतको औपचारिक भ्रमणमा जाँदै

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल भारतका विदेशमन्त्री डा एस जयशङ्करको...