काठमाडौं । भारतको हिमाञ्चल प्रदेशको राजधानी सिमलामा गाडी दुर्घटना हुँदा चार जना नेपालीको मृत्यु भएको छ । सल्यानको कुमाख गाउँपालिका– ४ बाट रोजगारीको लागि हिमाञ्चल पुगेका उनीहरूको सवारी दुर्घटनामा मृत्यु भएको हो ।
हिमाञ्चल प्रदेशको कोटखाई नजिक कुड्डु नालाको गाडी दुर्घटना हुँदा सल्यानको कुमाख– ४ निवासी ५० वर्षीय डिल्लीबहादुर शाही, ३६ वर्षीय एकेन्द्र शाही, २६ वर्षीया लक्ष्मी मल्ल शाही र ३३ वर्षीय राजेश विष्टको मृत्यु भएको खुल्न आएको छ ।
दुर्घटनामा नवराज शाही र हिमबहादुर शाही घाइते भएका छन् ।
वि.सं.२०८२ भदौ ३१ मंगलवार १०:२८ मा प्रकाशित






























