back
CTIZAN AD

आजको मौसमः कुन-कुन स्थानमा हुँदैछ भारी वर्षा

वि.सं.२०८२ असोज १ बुधवार

708 

shares

काठमाडौँ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास अवस्थित रहेको छ । अरब सागर तथा बङगालको खाडीबाट जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । बागमती र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भूभाग र लुम्बिनी प्रदेशका तराईका भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी तथा बाँकी भूभागका केही स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार मधेस प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले वर्षाका कारण पहिरो तथा गेग्रान बहाव ९डेब्रिज फ्लो०को जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ ।

वि.सं.२०८२ असोज १ बुधवार ०९:१६ मा प्रकाशित

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

भ्रामक सूचना फैलाएको भन्दै ज्योति विकास बैंकको आपत्ति

काठमाडौँ । ज्योति विकास बैंकले नेपालटार शाखा कार्यालयबाट प्रवाह भएको...

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

आइसिटी अवार्डको नोमिनेसन खुला, १६ विधामा अनलाइन आवेदन दिन सकिने

काठमाडाैँ । नेपालकै प्रतिष्ठित सूचना तथा सञ्चार प्रविधि क्षेत्रको सम्मान...

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

‘मास्टर्नी’को प्रवर्द्धनात्मक गीतमा शिक्षक महासङ्घको आपत्ति

काठमाडौँ । नेपाल शिक्षक महासङ्घले आगामी भदौ ५ गतेबाट प्रदर्शन...

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

स्वदेशमा उत्पादित जुत्ता चप्पलको निर्यातमा सरकारले  सहजीकरण गर्छ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित जुत्ता–चप्पलको निर्यात प्रवद्र्धनमा...

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

शिक्षक सेवा आयोगको अध्यक्ष र सदस्य पदका लागि आवेदन माग

काठमाडौँ । सरकारले शिक्षक सेवा आयोगको रिक्त अध्यक्ष र दुई...

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...