back
CTIZAN AD

शिक्षण पेशा छोडेर तरकारी खेती, वार्षिक पाँच लाख आम्दानी

वि.सं.२०८२ असोज ९ बिहीवार

798 

shares

दोधारा चाँदनी (कञ्चनपुर) । एक समय गाउँको विद्यालयमा अङ्ग्रेजी शिक्षक अध्यापन गर्ने प्रकाश पैतोला अहिले तरकारी किसानको रूपमा परिचित छन् ।

शिक्षण पेशा छोडेर व्यवसायिक रूपमा तरकारी खेतीमा लागेका उनले वार्षिक करिब पाँच लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–८ निवासी पैतोला पाँच वर्षअघि विद्यालयको जागिर छोडेर तरकारी खेतीमा लागेका हुन् । उनले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएर तरकारी खेती गर्दै आएका छन् । “कोभिड सङ्क्रमण अघिसम्म स्थानीय विद्यालयमा शिक्षण गर्थे लामो समय लकडाउन भएपछि मैले तरकारी बिक्री गर्न थाले ।” पैतोलाले भने, “सुरुवातमा ६ कठ्ठा भाडामा लिएर टमाटर मात्रै लगाए, पछि विस्तारै लहरे तरकारी विस्तार गर्दै आए ।” उनले सुरुवातमा तरकारी उत्पादन गर्ने किसानबाट तरकारी खरिद गरेर बजारमा बिक्री गर्ने काम गरेका थिए । पछि उनलाई आफँैले खेतीमा लाग्नुपर्छ भन्ने सोच आएपछि जग्गा भाडामा लिएर तरकारी खेती विस्तार गरेका हुन् ।

वैदेशिक रोजगारीको मोहले उनलाई पनि नछोएको होइन । त्यसका लागि उहाँले सबै कागजात तयार गरेर वैदेशिक रोजगारीको तयारीसमेत गरेका थिए । तर पछि अर्काको नोकरी गर्नुभन्दा आफ्नै ठाउँमा आफँैले केही गर्नुपर्छ भन्ने लागेपछि उनले वैदेशिक रोजगारीमा जान छोडेर तरकारी खेती विस्तार गरे । “अर्काको ड्युउटी गर्नुभन्दा आफैले गर्नु राम्रो लाग्यो ।” उनले भने, “विदेश जादा दुःख बिरामी भएका बेला परिवारको ख्याल राख्न पाइदैन, यहाँ केही गरे परिवारसँग बस्न पाउँछु, परिवारको हेरचाँर र आम्दानी पनि हुने भयो ।” उनले अहिले दैनिक ८०० ज्याला दिनेगरी तीन जना कामदारसमेत राख्नुभएको छ । उनकोे जग्गामा टमाटर, करेला, काँक्रालगायतका लहरे तरकारी उत्पादन भइरहेको छ ।

सुरुवातमा टमाटर खेती गर्दा डेढ लाख लगानी लगाएका उहाँले त्यसपछिको कमाइ भने तरकारी खेतीको बिस्तारमै खर्च गर्नुभएको छ । “बिघाहको वार्षिक पचास हजारका दरले दुई बिघाह १५ कठ्ठा जग्गा भाडामा लिएको छु ।” उनले भने, “सबै खर्च कटाएर वार्षिक पाँच लाख जति आम्दानी हुन्छ, यसले जीवनयापन भइरहेको छ ।” उनले तरकारी खेतीबाट आएको नाफा तरकारी खेतीको विस्तारमै खर्च गरिरहेको बताए । वर्षाद्को समयमा भने तरकारी खेतीमा नोक्सानी बेहोर्नु परेको उनी भनाइ छ । तर मेहनतका साथ काम गरे स्वदेशमै पैसा कमाउन सकिने उनकोे भनाइ छ । “मेहनत गरेर तरकारी उत्पादन गर्न सके राम्रो बजार छ, यहाँबाट बजार पुग्दासम्म तरकारी बिक्री भइसक्छ ।” उनले भने, “आफ्नै देशमा पनि मेहनत गरे राम्रो आम्दानी गर्न सकिन्छ ।”

अङ्ग्रेजी विषमा स्नातक तहसम्म अध्ययन गरेका पैतोला अहिले पनि फूर्सद्को समयमा विद्यार्थीलाई ट्युसन पढाउदै आएका छन् । पैतोलाजस्ता शिक्षित युवाले कृषि व्यवसायलाई रोजगारीको माध्यम बनाउनु सकारात्मक सङ्केत हो । सरकारी निकायले यस्ता प्रयासलाई प्रोत्साहन गर्ने हो भने कृषि क्षेत्रमा थप व्यवसायीकरणमा टेवा पुग्ने छ ।फाईल फोटो

वि.सं.२०८२ असोज ९ बिहीवार १६:३३ मा प्रकाशित

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

पोखरा कलेज अफ म्यानेजमेन्टमा नमुना पत्रकार सम्मेलन

काठमाडाैँ । पोखरा कलेज अफ म्यानेजमेन्टमा बिबिए आठौँ सेमेस्टरका विद्यार्थीहरूले...

पहिरोमा परी चार महिने शिशुको मृत्यु

पहिरोमा परी चार महिने शिशुको मृत्यु

काठमाडौं । दोलखाको कालिञ्चोक गाउँपालिका १ क्याङ्पोलमा पहिरोमा परि चार...

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

आदिकविले भाषिक एकतालाई बलियो बनाउनुभयो ः सभामुख अर्याल

काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले नेपाली भाषा, साहित्य र संस्कृतिका...

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

बाढीले खाली ट्रक बगाएपनि चालक पौडिएर जोगिए

काठमाडौं । मकवानपुरको हेटौंडा उपमहानगरपालिका(१७ हटियास्थित शिवम् सिमेन्ट फ्याक्ट्री नजिक...

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

धार्मिक आस्थादेखि पर्यटन समृद्धितर्फ उन्मुख ऐतिहासिक नगरी जनकपुरधाम

महेन्द्रनगर (धनुषा) । मिथिलाको ऐतिहासिक राजधानी तथा माता सीताको जन्मभूमिका रुपमा...

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

रियल ड्राइभर्स वान्टेड” अभियानसँगै नयाँ स्कोडा कुशाक सार्वजनिक

काठमाडौं । स्कोडा नेपालले आज आफ्नो फेसलिफ्ट गरिएको नयाँ स्कोडा...