back
CTIZAN AD

प्रधानसेनापति ट्रफी–२०८२ मा उपत्यका पृतना र गोरख गण विजयी

वि.सं.२०८२ असोज १० शुक्रवार

690 

shares

काठमाडौँ । यसवर्षको प्रधानसेनापति ट्रफी खेलकुद प्रतियोगितामा पृतनातर्फ उपत्यका पृतना र गणतर्फ पुरानो गोरख गण प्रथम भएका छन् ।

प्रतियोगितामा १६ नम्बर बाहिनी अड्डा र जगदल गण द्वितीय घोषित भए । सेनाका १४ वटा टिम सहभागी उक्त प्रतियोगितामा दौड, पौडी, बक्सिङ, तेक्वान्दो, जुडो, भलिबल, बास्केटबल र फुटबल खेल समावेश थियो ।

विजयी टिम र खेलाडीलाई प्रधानसेनापति अशोकराज सिग्देलसहित पूर्वप्रधानसेनापति, राष्ट्रिय खेलकुल परिषद्का सदस्य सचिव, बलाध्यक्ष रथी, सशस्त्र प्रहरी महानिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख अनुसन्धान निर्देशकले ट्रफी, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरे । त्यसअवसरमा प्रतियोगिताका उत्कृष्ट खेलाडी एवं रेफ्रीहरुलाई पनि पुरस्कृत गरियो ।

प्रतियोगिता समापनका अवसरमा आज आयोजित फुटबल प्रतियोगितामा कालीबहादुर गणले देवीदल गणलाई ३–२ गोलले पराजित ग–यो ।

प्रतियोगिताअन्तर्गत बास्केट बल हेटौँडा, बक्सिङ पोखरामा भएको थियो भने बाँकी खेल काठमाडाँैमा भएका थिए । प्रतियोगिता समापनका अवसरमा नेपाली सेनाका बलाध्यक्षरथी प्रदीपजङ्ग केसीले सैनिक जीवनमा महत्त्वपूर्ण अङ्गका रुपमा रहेको खेलकुदले शारीरिक र मानसिक पक्षको विकास गरी स्वास्थ्य, अनुशासित, साहसिक र सक्षम नागरिक उत्पादन गर्न प्रेरणा प्रदान गर्ने बताए ।

वि.सं.२०८२ असोज १० शुक्रवार १६:४१ मा प्रकाशित

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

आजको मौसम : देशैभरीका अधिकांश स्थानमा मध्यमसम्मको वर्षा

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको...

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

यी पाँच समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गरिँदै

काठमाडौँ । बागमती प्रदेश, समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले आजदेखि...

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

‘तीन ढुंगाबीचको तरुल’ बहसमा : नेपालको भूराजनीतिबारे पूर्वराजदूतहरूको सरकारलाई चेतावनी

काठमाडौं । नेपालको भूराजनीतिक अवस्थाबारे आयोजित एक अन्तरक्रिया कार्यक्रममा पूर्वराजदूत...

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई जेन्जी अभियन्ता रक्षा बमको प्रश्न – ‘मान्छेको ज्यानभन्दा स्टन्ट ठूलो हो?’

काठमाडौं । जेन्जी अभियन्ता रक्षा बमले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार...

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा संगीता पहाडी अर्याल पुनर्बहाली

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को प्रबन्ध...

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

हर्ट अट्याकलाई जित्दै नयाँ जीवन : नजिकैको उपचारले बचायो

काठमाडौं । मुटुका दुईवटा महत्वपूर्ण नसा एकैसाथ बन्द भई गम्भीर...