
हृषीकेश बराल पोखरा –२६ कास्की
फालियो सत्ता थियो दुर्भावना
ल्याइयो अर्कै दिऊँ शुभकामना
भ्रष्ट छन् नेता बुझेका छन् सबै
कार्यकर्ताको हरायो चेतना
घर थियो खाडल खनी धन राख्तथेँ
सिद्धिई अहिले बढायो वेदना
सुन्दरी देखेर मायाँमा फसेँ
छुट्टियौँ बेकार आयो सम्झना
जिन्दगीका हर समयमा कष्ट छन्
सत्य बोल्दै छौँ रहोस् आलोचना
बहर : रमल मुसद्दस महजूफ
अर्कान : फाइलातुन् , फाइलातुन्, फाइलुन्
वजन : २१२२ – २१२२ – २१२
काफिया : अना
रदिफ : ०
अभ्यास : परिश्रमी पाठशाला
वि.सं.२०८२ असोज ११ शनिवार ०९:२९ मा प्रकाशित