back
CTIZAN AD

आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा समस्या

वि.सं.२०८२ असोज ११ शनिवार

1K 

shares

ढोरपाटन (बागलुङ) । विकट गाउँका विद्यार्थीलाई उच्च शिक्ष प्रदान गर्नका लागि स्थापना भएको निसीभूजी जनता क्याम्पस आर्थिक अभावमा गुज्रिदै आएको छ ।

सरकारी निकायबाट पार्यप्त बजेट नपर्दा क्याम्पस सञ्चालनमा समस्या भएको हो । समुदायबाट चन्दा सङ्कलन गरेर सञ्चालन हुँदै आएको क्याम्पसमा विद्यार्थीसमेत घट्दै गएका छन् । ढोरपाटन नगरपालिका–१ खप्तरीबाङ विसं २०४८ मा स्थापना भएको क्याम्पसमा ग्रामीण क्षेत्रका विद्यार्थी मात्रै अध्ययन गर्दै आएका छन् ।

पश्चिम बागलुङको एकमात्रै क्यापसका रुपमा रहेको यस क्याम्पस आर्थिक अभावका कारण क्याम्पस सञ्चालनमा समस्या पर्दै आएको क्याम्पस प्रमुख कृष्णकान्त आचार्यले बताए । क्याम्पसको आन्तरिक स्रोत निकै कम र सरकारी निकायबाट सहयोग नमिल्दा सञ्चालनमा समस्या भएको उनको भनाइ छ । क्याम्पस सञ्चालनका लागि मासिक रु चार लाख ५० हजार खर्च हुने भन्दै आम्दानी निकै न्यून रहेको क्याम्पस प्रमुख आचार्य बताउछन् ।

क्याम्पसको आम्दानी विद्यार्थीबाट उठाउने शुल्क मात्रै हो । ढोरपाटन नगरपालिकाले रु नौ लाख ६० हजार अनुदान दिए पनि अन्य निकायबाट सहयोग नपाएको उनको गुनासो छ । अहिले क्याम्पसमा शिक्षा, समाजशास्त्र र व्यवस्थापन १२० जना विद्यार्थी रहेको भन्दै उनीबाट उठाउने शुल्कबाहेक आम्दानीको कुनै स्रोत नभएको उनको भनाइ छ । हाल आंशिक २२ र पूर्णकालीन दुई जना गरी २४ प्राध्यापक कार्यरत रहेको सुनाउँदै तलब खुनाउन निकै समस्या हुने गरेको क्याम्पस प्रमुख आचार्य बताउछन् ।

क्याम्पस सञ्चालक समिति अध्यक्ष शान्तराज शर्मा न्यौपानेले पश्चिम बागलुङका निसीखोला, तमानखोला, बडिगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाले बर्सेनि सहयोग गरे व्यवस्थित रुपमा सञ्चालन गर्न सकिने बताए । चार वटै पालिकाको केन्द्रमा पर्ने यो क्याम्पसलाई ढोरपाटन नगरपालिकाबाहेक अन्य पालिकाले चासो नदिएको उनको गुनसो छ । बजेट अवभामा राम्रो शिक्षक राख्न नसकेको भन्दै केन्द्र र प्रदेश सरकारलाई पनि सहयोगका लागि अपिल गर्दै आएको अध्यक्ष न्यौपाने बताउछन् ।

जिल्लामा अन्य क्याम्पस विद्यार्थी नहुँदा बन्द हुने अवस्थामा पुग्दा निसीभूजी जनता क्याम्पसमा भने विद्यार्थीको कमी छैन । क्याम्पसको आर्थिक स्रोत केही नहुँदा विद्यार्थीले महँगो शुल्क तिर्नुपर्ने अवस्था छ ।

वि.सं.२०८२ असोज ११ शनिवार ११:३८ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...