back

सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानः कृषिमन्त्रीलाई मृत्युदण्डको फैसला

वि.सं.२०८२ असोज १३ सोमवार

471 

shares

बेइजिङ । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार दुई वर्षको स्थगनसहित मृत्युदण्डको सजाय सुनाइएको छ । यसबारेको जानकारी उत्तरपूर्वी जिलिन प्रान्तस्थित चाङ्चुन जन अदालतले एक विज्ञप्तिमार्फत सार्वजनिक गरेको हो ।

अदालतका अनुसार ताङले सन् २००७ देखि २०२४ सम्म करिब दुई अर्ब ६८ करोड युआन (अन्दाजी तीन करोड ८० लाख अमेरिकी डलर) बराबरको नगद र सम्पत्ति घुसस्वरूप लिएको प्रमाणित भएको छ ।

फैसालामा भनिएको छ, “यस घुसकाण्डले राज्य र जनताको हितमा अत्यन्त गम्भीर क्षति पु¥याएको छ, त्यसैले मृत्युदण्डको सजाय आवश्यक ठहरिन्छ ।”

अदालतले भने पनि ताङले आफ्नो अपराध स्वीकार गरी पश्चात्ताप देखाएकाले सजायलाई दुई वर्षका लागि स्थगित गरिएको हो ।

यो फैसला राष्ट्रपति सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानअन्तर्गतको पछिल्लो कदम हो । सो अभियानका समर्थकहरूले यसले स्वच्छ शासनलाई सबल बनाएको बताउँछन् भने आलोचकहरूले यसलाई राजनीतिक प्रतिद्वन्द्वीहरूलाई हटाउने माध्यमका रूपमा व्याख्या गर्ने गरेका छन् ।

ताङ रेन्जियानले यसअघि गान्सु प्रान्तका गभर्नर र दक्षिणी स्वायत्त क्षेत्र गुआङ्सीका उपाध्यक्षका रूपमा समेत सेवा गरेका थिए ।

उनको पतन हालैका वर्षमा भ्रष्टाचार अनुसन्धानमा परेका अन्य वरिष्ठ अधिकारीहरू — पूर्व रक्षामन्त्री ली साङ्फु र वेइ फेङ्घे — सँगै जोडिएको मानिन्छ । लीलाई पदभार ग्रहण गरेको सात महिनामै हटाइएको थियो र पछि घुसखोरीलगायतका अपराधका कारण चिनियाँ कम्युनिष्ट पार्टीबाट निष्कासन गरिएको राज्य सञ्चारमाध्यमहरूले जनाएका थिए ।

अहिले उनका उत्तराधिकारी डोङ जुन पनि भ्रष्टाचारको आरोपमा अनुसन्धानमा परेका छन् ।(रासस/एएफपी)

वि.सं.२०८२ असोज १३ सोमवार ११:१७ मा प्रकाशित

Himalayan Life AD
मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र, तीनजनाको मृत्यु

मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र, तीनजनाको मृत्यु

रबात (मोरक्को) । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको...

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा १७ उडान रोकियो

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा १७ उडान रोकियो

बर्लिन । जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि...

नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द

नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द

कोपनहेगन ।    डेनमार्कले आगामी युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनका...

 संयुक्त राष्ट्र संघको प्रतिबन्धपछि इरानीहरुको पीडा- ‘हामी बर्बाद हुनेछौँ’ 

 संयुक्त राष्ट्र संघको प्रतिबन्धपछि इरानीहरुको पीडा- ‘हामी बर्बाद हुनेछौँ’ 

तेहरान । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू आइतबारदेखि पूर्ण रूपमा लागू भएपछि...

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

कोलम्बो । उत्तर–पश्चिमी श्रीलङ्काको पहाडी क्षेत्रमा केबलकार दुर्घटना हुँदा सात...

फिलिपिन्स-ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय-कार्यालय बन्द

फिलिपिन्स-ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय-कार्यालय बन्द

मनिला । यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी...