back

 संयुक्त राष्ट्र संघको प्रतिबन्धपछि इरानीहरुको पीडा- ‘हामी बर्बाद हुनेछौँ’ 

वि.सं.२०८२ असोज १३ सोमवार

366 

shares
तेहरान । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू आइतबारदेखि पूर्ण रूपमा लागू भएपछि इरानी नागरिकहरू तनावमा परेका छन् । मूल्य तीव्र रूपमा बढ्दै गएको छ भने रियाल नयाँ तल्लो स्तरमा पुगेको छ ।
३३ वर्षीया ग्राफिक डिजाइनर हेलियाले प्रतिबन्धको असर तत्काल महसुस गरिन् उनको नयाँ घरका लागि लिन खोजिएको फर्निचरको मूल्य तीन दिनमै ह्वात्तै बढ्यो ।
“डलर बढ्नुअघि नै मूल्य चुलिएको छ । मासुबाट ट्याक्सीसम्म जीवन झन् गाह्रो बनेको छ”, उनले एएफपीलाई भनिन् ।
इरान सरकारले प्रतिबन्धलाई ‘अन्यायपूर्ण’ भन्दै निन्दा गरेको छ । सन् २०१५ को आणविक सम्झौताअन्तर्गत बेलायत, फ्रान्स र जर्मनीले सक्रिय गरेको ‘स्न्यापब्याक’ संयन्त्रपछि इरानको आणविक तथा ब्यालिस्टिक क्षेप्यास्त्र गतिविधिसँग सम्बन्धित सबै कारोबारमा रोक लगाइएको हो ।
तेहरानको विदेश मन्त्रालयले अन्य देशहरूलाई आफ्नो राष्ट्रिय हितका लागि प्रतिबन्ध लागू नगर्न आग्रह गरेको छ । तर राजधानीभरि नै निराशा छाएको छ ।
५६ वर्षीया शोधकर्ता नासिम कम्पनीले चिन्ता व्यक्त गर्दै भनिन्, “हामी बर्बाद हुनेछौँ । सामान्य मानिसहरू अहिले जस्तै जीवन धान्न सक्दैनन् ।”
१९ वर्षीय विद्यार्थी मेहरसादले प्रतिबन्धपछि इरान ‘आर्थिक र राजनीतिक रूपमा अलग–थलग’ हुने टिप्पणी गरिन् ।
राहत दिनु पथ्र्यो
राष्ट्रपति मसुद पेजेस्कियानले अमेरिकाले सम्पूर्ण समृद्ध युरेनियम भण्डार हस्तान्तरणको बदलामा छोटो राहतको प्रस्ताव गरे पनि आफूहरूले स्वीकार नगरेको जानकारी दिए । उनका अनुसार त्यो प्रस्ताव ‘अस्वीकार्य’ थियो ।
तर ७० वर्षका लेखक नाभिद मोरादीले सरकारको दृष्टिकोणप्रति असहमति जनाउँदै भने, “वार्ता जारी राख्नुपथ्र्यो । कहिलेकाहीँ केही राहत दिएर बदलामा केही लिन सकिन्थ्यो । तर यसरी जनताले मात्र दुःख पाउनुपरेको छ ।”
मुद्राको तीव्र गिरावटसँगै मूल्यवृद्धि भएको छ । कालो बजारमा रियाल एक अमेरिकी डलरको बदलामा ११ लाख २० हजारमा झरेको थियो, पछि थोरै सुधार भएर ११ लाखमा पुगेको मुद्रा–ट्र्याकिङ वेबसाइटहरूले जनाएका छन् ।
मोरादीका अनुसार एक किलो मासु अहिले १० डलर बराबर (करिब एक करोड रियाल) पुगेको छ, जुन न्यूनतम पारिश्रमिकमा बाँच्नेहरूको लागि ठूलो चुनौती हो । “एउटा परिवारले कसरी बाँच्न सक्छ ?” उनले प्रश्न गरे ।
कठिनाइ र आशा
१९ वर्षीय विद्यार्थी अमिर–अब्बासले आफ्नो रुचि सङ्गीतलाई पछ्याउनै नसक्ने अवस्था आएको बताए । “मैले गिटार ३० लाख रियालमा किनेको थिएँ, अहिले तीन अर्ब रियाल भएको छ । आयात बन्द भएकाले औषधि पनि महँगो हुँदै गएको छ”, उनले दुःख पोखे ।
विदेशबाट फर्किएका एक अनुसन्धानकर्ताले भने, “मूल्य, डलर, सुन–सबै बढ्नेछन् । सामान्य जीवन सम्भव हुनेछैन । अपराध र बालश्रम बढ्न सक्छ । म फेरि देश छोड्ने सोचमै छु ।”
यद्यपि कठिनाइका बीच पनि केही आशा बाँकी छ । हेलियाले मुस्कुराउँदै भनिन्, “हामी एक डलर बराबर एक लाख रियाल हुँदा पनि बाँचेका थियौँ । अहिले यो ११ लाख भए पनि हामी अझै उभिएका छौँ । हामी आशामा बाँचिरहेका छौँ । अनि त्यो आशा अझै बाँकी छ ।”
(रासस/एएफपी)

वि.सं.२०८२ असोज १३ सोमवार ११:३१ मा प्रकाशित

Himalayan Life AD
मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र, तीनजनाको मृत्यु

मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र, तीनजनाको मृत्यु

रबात (मोरक्को) । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको...

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा १७ उडान रोकियो

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा १७ उडान रोकियो

बर्लिन । जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि...

नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द

नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द

कोपनहेगन ।    डेनमार्कले आगामी युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनका...

सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानः कृषिमन्त्रीलाई मृत्युदण्डको फैसला

सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानः कृषिमन्त्रीलाई मृत्युदण्डको फैसला

बेइजिङ । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार...

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

कोलम्बो । उत्तर–पश्चिमी श्रीलङ्काको पहाडी क्षेत्रमा केबलकार दुर्घटना हुँदा सात...

फिलिपिन्स-ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय-कार्यालय बन्द

फिलिपिन्स-ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय-कार्यालय बन्द

मनिला । यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी...