back

नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द

वि.सं.२०८२ असोज १३ सोमवार

417 

shares
कोपनहेगन ।    डेनमार्कले आगामी युरोपेली सङ्घ (इयु) शिखर सम्मेलनका क्रममा सुरक्षा सुनिश्चित गर्न सोमबारदेखि शुक्रबारसम्म देशभरि सबै नागरिक ड्रोन उडानहरूमा प्रतिबन्ध लगाउने भएको छ । यातायात मन्त्रालयले आइतबार यसबारे जानकारी दिएको छ ।
गत सेप्टेम्बर २२ यता डेनमार्कभरि रहस्यमय ड्रोनहरू देखिएका कारण धेरै विमानस्थलहरू बन्द गर्नुपरेको थियो । डेनमार्कले यसमा सम्भावित रूसी संलग्नताको सङ्केत गरेको भए पनि मस्कोले आरोप अस्वीकार गरेको छ ।
कोपनहेगनमा बुधबार र बिहीबार हुने इयु शिखर सम्मेलनमा विभिन्न सदस्य मुलुकका सरकारी प्रमुखहरू सहभागी हुनेछन् । यसलाई लक्षित गर्दै थप सुरक्षा व्यवस्था मिलाइएको हो ।
यातायातमन्त्री थोमस डेनियलसेनले विज्ञप्तिमार्फत भने, “डेनमार्कले युरोपेली सङ्घका नेताहरूलाई आतिथ्य गर्नेछ, जहाँ हामीले सुरक्षामा अतिरिक्त ध्यान दिनेछौँ । त्यसैले सोमबारदेखि शुक्रबारसम्म नागरिक ड्रोन उडानका लागि डेनमार्कको आकाश पूर्ण रूपमा बन्द हुनेछ ।”
उनका अनुसार यस कदमले शत्रु ड्रोनहरू कानूनी ड्रोनसँग भ्रमित हुने जोखिम हटाउनेछ ।
मन्त्रालयले प्रतिबन्धको उल्लङ्घन गरे जरिवाना वा दुई वर्षसम्मको जेल सजाय हुन सक्ने चेतावनी दिएको छ ।
न्यायमन्त्री पिटर हम्मेलगार्डले सोही विज्ञप्तिमा प्रतिबन्धको मुख्य उद्देश्य प्रहरी र अधिकारीहरूको काम सहज बनाउन भएको बताए ।
“प्रहरी उच्च सतर्कतामा छ । हाम्रा अधिकारीहरूले डेनमार्क र पाहुनाहरूको सुरक्षाका लागि आफ्नो सम्पूर्ण ध्यान दिन सकून् भन्ने हाम्रो चाहना हो । यसरी उनीहरूले अनावश्यक रूपमा नागरिक ड्रोनहरूमा ऊर्जा खर्च गर्नुपर्दैन”, उनले भने ।
डेनमार्क प्रहरीका अनुसार शनिबारसम्ममा पाँच सयभन्दा बढी नागरिक ड्रोन देखिएकोबारे रिपोर्ट दर्ता भएको थियो, तर अधिकांश घटनामा कुनै सुरक्षा चिन्ता नभएको पुष्टि गरिएको थियो ।(रासस/एएफपी)

वि.सं.२०८२ असोज १३ सोमवार ११:३५ मा प्रकाशित

Himalayan Life AD
मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र, तीनजनाको मृत्यु

मोरक्कोमा युवाको नेतृत्वमा विरोध प्रदर्शन तीव्र, तीनजनाको मृत्यु

रबात (मोरक्को) । पछिल्ला केही दिनयता मोरक्कोका विभिन्न सहरहरूमा युवाहरूको...

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा १७ उडान रोकियो

ड्रोन देखापरेपछि म्युनिख विमानस्थलमा १७ उडान रोकियो

बर्लिन । जर्मनीको म्युनिख विमानस्थलमा बिहीबार राति अनेकौँ ड्रोन देखिएपछि...

 संयुक्त राष्ट्र संघको प्रतिबन्धपछि इरानीहरुको पीडा- ‘हामी बर्बाद हुनेछौँ’ 

 संयुक्त राष्ट्र संघको प्रतिबन्धपछि इरानीहरुको पीडा- ‘हामी बर्बाद हुनेछौँ’ 

तेहरान । संयुक्त राष्ट्रसङ्घका प्रतिबन्धहरू आइतबारदेखि पूर्ण रूपमा लागू भएपछि...

सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानः कृषिमन्त्रीलाई मृत्युदण्डको फैसला

सी जिनपिङको व्यापक भ्रष्टाचारविरोधी अभियानः कृषिमन्त्रीलाई मृत्युदण्डको फैसला

बेइजिङ । चीनका पूर्व कृषिमन्त्री ताङ रेन्जियानलाई भ्रष्टाचार आरोपमा आइतबार...

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

श्रीलङ्कामा केबल कार दुर्घटनामा सात भिक्षुको मृत्यु

कोलम्बो । उत्तर–पश्चिमी श्रीलङ्काको पहाडी क्षेत्रमा केबलकार दुर्घटना हुँदा सात...

फिलिपिन्स-ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय-कार्यालय बन्द

फिलिपिन्स-ताइवानमा रागासा सुपर टाइफुन : निकासी, विद्यालय-कार्यालय बन्द

मनिला । यस वर्षको सबैभन्दा शक्तिशाली टाइफुन ‘रागासा’ ले उत्तरी...