back
CTIZAN AD

पर्यटकलाई पदयात्रामा नजान प्रशासनको आग्रह

वि.सं.२०८२ असोज १८ शनिवार

669 

shares

कास्की । जिल्ला प्रशासन कार्यालय कास्कीले उच्च हिमाली क्षेत्रमा हिमपात र भारी वर्षाको सम्भावना रहेकाले पदयात्रामा ननिस्कन पर्यटकहरूलाई आग्रह गरेको छ ।

प्रशासनले आजदेखि आगामी असोज २० गतेसम्म देशभर तथा गण्डकी प्रदेशमा समेत मध्यमदेखि भारी वर्षाको प्रक्षेपण गरिएकाले हिमपातको सम्भावना रहेकाले पदयात्रीहरूलाई सो आग्रह गरेको हो ।

विश्व प्रख्यात अन्नपूर्ण आधार शिविर (एविसी), मर्दी हिमाल आधार शिविर, मोडल माछापुच्छ्रे ट्रेक, कपुचे पदयात्रा तथा खुमईलगायत क्षेत्रमा पदयात्रामा नजानका लागि सार्वजनिक सूचनामार्फत सचेत गराइएको सहायक प्रमुख जिल्ला अधिकारी शिवप्रसाद लम्सालले बताए ।

उनले भने “उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ । त्यसैले जीउज्यानको सुरक्षालाई ध्यान दिएर ‘ट्रेकिङ’का लागि पदयात्रा क्षेत्रका कुनै पनि स्थानमा ननिस्कन भनेर आग्रह गरेका हौँ ।” दसैँको बिदाका कारणले विगतका वर्षहरूमा यहाँका पदयात्रा क्षेत्रमा पदयात्रीहरूको भीड लाग्ने गरेको थियो । यस वर्ष प्रशासनले भारी वर्षा तथा हिमपातको पूर्वानुमानसहित पदयात्रामा नजान अनुरोध गरेपछि पर्यटन क्षेत्र प्रभावित बनेको छ । दसैँ र तिहारको बिदामा पदमार्गहरूका होटल तथा रेष्टुराँ पर्यटकहरूले भरिभराउ हुने गरेका थिए ।

यसैगरी प्रशासनले वर्षाका कारण बाढीपहिरो, डुबान, हिमपात आदि विपद्जन्य घटना हुनसक्ने भन्दै सबैलाई सचेत रहन तथा घटना घटेमा सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि, नजिकको प्रहरी एकाइ, सुरक्षा निकायमा सम्पर्क गर्न समेत अनुरोध गरेको छ ।

वि.सं.२०८२ असोज १८ शनिवार ०७:४९ मा प्रकाशित

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

रोल्पामा पहिरोले पु¥याएको क्षतिप्रति नेकपाद्वारा दुःख व्यक्त

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा०ले रोल्पामा भारी वर्षापछि गएको...

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, शवको पनि पहिचान

रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन...

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

जेनजी आन्दोलनका घाइते र सहिद परिवारसँग भएका सम्झौता कार्यान्वयन गर्न सहजीकरण समिति गठन

काठमाडौँ ।सरकारले गत वर्ष भदौ २३/२४ मा भएको जेन–जी आन्दोलनका...

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

घट्यो प्रभु बैंकको नाफा, खराब कर्जा १५.५५ प्रतिशत पुग्यो

काठमाडौँ । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को...

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

धवलशमशेरले आफ्नो समूहमात्र लिएर दर्ता गरे ‘जय नेपाल पार्टी’

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर...

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

मुग्लिन-मलेखु सडक तीन वर्षः आधाभन्दा थोरै काम

चितवन । पृथ्वी राजमार्गाको नागढुङ्गा–मुग्लिन सडक खण्डको तेस्रो प्याकेज मुग्लिन–मलेखु...