
घनश्याम पौडेल,पोखरा
प्यारा जेन्नी तिमीलाई मनैदेखि सम्मान छ।
बेलासककग जुध्न सिक यही हाम्रो आव्हान छ।।
घाँस र दाउरा टिप्दै बित्यो हाम्रो जिन्दगानी
तिमीभित्र आधुनिक ज्ञान अनि विज्ञान छ।
हिजो पुर्खाहरू लडे कुशासन फाल्न भनी
आज तिम्रो पाखुरीमा देशको पहिचान छ।
क्रान्तिको बिगुल फुकी सँगसँगै अघि बढ्यौ
नबिर्स है माटो जहाँ साथीको वलिदान छ।
मर्ने मान्छे मरी जान्छन् बनाउने हो बाँच्नेले
देश जेन्जीको काँधमा पुग्यो भन्ने उखान छ।।
आदि अनुप्रास : आन
शेष अनुप्रास : छ
अक्षर संख्या : १६
वि.सं.२०८२ असोज १८ शनिवार १०:१० मा प्रकाशित