back

गजल

वि.सं.२०८२ असोज १८ शनिवार

66 

shares

श्याम माकजू,भक्तपुर

कमाइ गर्दै अगाडि बढ्ने श्रमी युवा को निरास देख्यौ
सधैँ रमाएर बाँच्न जान्ने मनुज यहाँ को उदास देख्यौ

रहन्न जीवन उमेर पुग्दा समीपमा काल देख्छ जसले
व्यथा लुकाएर भन्छ उसले,मभित्रको अट्टहास देख्यौ

भविष्य भन्छन्,भविष्य सबको छ राहदानी हुँदै युवाको
स्वदेश आफ्नो भुलेर जान्छन्,युवा उडेको बतास देख्यौ

मुहार आफ्नो नपार दुःखी छ भित्र जेजे लुकाऊ आफ्नो
अभावको रापले जलेका दुखीहरूका निवास देख्यौ

मसङ्ग नासो छ देह मेरै थकान आनन्द जे छ बक्छ
तथापि मनको जलन लुकाई बसेकोले एकनास देख्यौ

बहर ः जमिल मुसम्मन सालिम
वजन ः १२१२२ – १२१२२ – १२१२२ – १२१२२
अर्कान ः मफाइलातुन् , मफाइलातुन् , मफाइलातुन् , मफाइलातुन्
काफिया ः आस
रदिफ ः देख्यौ
अभ्यास ः स्वर्ण पाठशाला

वि.सं.२०८२ असोज १८ शनिवार १०:१४ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने, भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल...

गजल

गजल

हृषीकेश बराल पोखरा –२६ कास्की फालियो सत्ता थियो दुर्भावना ल्याइयो...