back

झिल्का कविता

वि.सं.२०८२ असोज १८ शनिवार

84 

shares

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ

१.
पाइन्न कहिल्यै देखेको
मेटेर कहाँ मेटिन्छ ?
निधारमा भावीले लेखेको ।

२.
सम्झिएर देशको माटो
परदेशमा पसिना बगाउँदा
मुटुमा प¥यो गाँठो ।

३.
अनौठौ माया भेटियो
बिछोडको त्यो करौतीले
मुटु, कलेजो रेटियो ।

४.
दुखाउनलाई यो छाती
बेला, कुबेला तिम्रा
यादहरू नआएकै जाती ।

५.
गाउँमा फुल्ने तितेपाती
लगेछ सायद बाढीले
सपनीमा दुःख्दैछ छाती ।

६.
मानिसको जीवन कहानी
मरेपछि हुन्छ शरीर
ढुङ्गा, माटोको सिरानी ।

७.
मनको तृष्णा मेटिएन
खोजी हेरेँ मानवता
कहीँ, कतै भेटिएन ।

८.
हुन्छ, सबैको जीत
लगाउन सकेमा मनैदेखि
सधैँ चोखो प्रीत ।

९.
सजाएर लालीगुराँस आँखामा
घन्किदैछ असारे गीत
मेरो पहाडी पाखामा ।

१०.
बाचौँ जिन्दगी हाँसेर
उदार मनले दुनियाँसँगै
प्रीतिको फूल गाँसेर ।

वि.सं.२०८२ असोज १८ शनिवार १०:४१ मा प्रकाशित

Himalayan Life AD
लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने, भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल...

गजल

गजल

हृषीकेश बराल पोखरा –२६ कास्की फालियो सत्ता थियो दुर्भावना ल्याइयो...

गजल

गजल

श्याम माकजू,भक्तपुर कमाइ गर्दै अगाडि बढ्ने श्रमी युवा को निरास...