back
CTIZAN AD

गजल

वि.सं.२०८२ असोज १८ शनिवार

579 

shares

श्याम माकजू,भक्तपुर

कमाइ गर्दै अगाडि बढ्ने श्रमी युवा को निरास देख्यौ
सधैँ रमाएर बाँच्न जान्ने मनुज यहाँ को उदास देख्यौ

रहन्न जीवन उमेर पुग्दा समीपमा काल देख्छ जसले
व्यथा लुकाएर भन्छ उसले,मभित्रको अट्टहास देख्यौ

भविष्य भन्छन्,भविष्य सबको छ राहदानी हुँदै युवाको
स्वदेश आफ्नो भुलेर जान्छन्,युवा उडेको बतास देख्यौ

मुहार आफ्नो नपार दुःखी छ भित्र जेजे लुकाऊ आफ्नो
अभावको रापले जलेका दुखीहरूका निवास देख्यौ

मसङ्ग नासो छ देह मेरै थकान आनन्द जे छ बक्छ
तथापि मनको जलन लुकाई बसेकोले एकनास देख्यौ

बहर ः जमिल मुसम्मन सालिम
वजन ः १२१२२ – १२१२२ – १२१२२ – १२१२२
अर्कान ः मफाइलातुन् , मफाइलातुन् , मफाइलातुन् , मफाइलातुन्
काफिया ः आस
रदिफ ः देख्यौ
अभ्यास ः स्वर्ण पाठशाला

वि.सं.२०८२ असोज १८ शनिवार १०:१४ मा प्रकाशित

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

साहित्यिक गतिविधि विस्तार गर्न काव्य उद्यान नेपाल विराटनगरको उद्घाटन

विराटनगर । काव्य उद्यान नेपाल, विराटनगरको औपचारिक उद्घाटन भएको छ...

चारु

चारु

लक्ष्मी दास शर्मा, टासिछोलिङ, साम्ची, भुटान साउन मास पवित्र बेला...

गजल

गजल

पुष्पाञ्जलि, इलाम अँध्यारो मनमा तिमी उदायौ स्वागत गरेँ वियोगीलाई खुसी...

गजल

गजल

कृष्णप्रसाद गौतम इटहरी, सुनसरी कर्ममा लीनको छैन धन यहाँ ढाँटका...

गजल

गजल

एकनारायण चापागाईं, दाङ- घोराही सिकारीले रबर तान्यो गुलेलीको मरण निश्चित...

झिल्का कविता

झिल्का कविता

सुरेशकुमार पाण्डे घोराही- १८, दाङ १. जसको हातमा पावर छ...