back

साहित्यकार वियोगीसँग विद्यार्थीको सिर्जनशील एवम् साहित्यिक कार्यक्रम

वि.सं.२०८२ असोज २३ बिहीवार

174 

shares

स्याङ्जा । विद्यार्थीहरूको सिर्जनशील विकासका लागि मध्यनजर राखी दहथुम माध्यमिक विद्यालयले आयोजना गर्दै आएको ‘विद्यार्थीसँग साहित्यकार कार्यक्रम’ सम्पन्न भएको छ ।

११ र १२ कक्षामा अध्ययनरत विद्यार्थीबीच पत्रकार तथा साहित्यकार लक्ष्मण वियोगीसँग असोज २२ गते बुधबार अनौपचारिक सिर्जनशील एवम् साहित्यिक अन्तरक्रिया सम्पन्न गरेको हो ।

कवि÷साहित्यकार मिलन समीरले सहजीकरण गरेको कार्यक्रममा वियोगीले झण्डै दुई दशक लामो पत्रकारिताको सिकाइ, ऊर्जा पत्रकारिता तथा पर्यावरणीय लेखन एवम् सिर्जनाका विविध पाटाहरूका बारेमा आफ्ना अनुभव सुनाएका थिए । सिर्जना एवम् सिकाइका लागि खुला र स्वतन्त्र पारिवारिक तथा सामाजिक परिवेश अपरिहार्य रहेको भन्दै उनले त्यस्तो सामाजिक संरचनामा विद्यार्थीको सिर्जनशीलताको प्रचुर विकास हुन सक्ने बताए ।

गत जेठमा मात्र वियोगीको १५ वटा कथा सङ्ग्रहीत सत्यम् कथासङ्ग्रह बजारमा आएको छ । उनले पत्रकारितासँगै निबन्ध, नियात्रा, संस्मरण, गीत तथा कवितामा समेत कमल चलाउँदै आएका छन् ।

कार्यक्रममा विद्यालयका शिक्षक शेषकान्त खनालले स्वागत मन्तव्य राखेका थिए भने सहायक प्रधानाध्यापक टोलप्रसाद रेग्मीले साहित्यकारसँग हुने यस्ता परामर्श एवम् अनौपचारिक छलफलले विद्यार्थीहरूको सिकाइको दायरा फराकिलो हुने बताए ।

यस्तै, कार्यक्रममा शिक्षकहरू भूपेन कोइराला तथा बाबुराम बस्नेतले विद्यार्थीहरूको सर्वाङ्गिण विकासलाई मनन् गर्दैै आगामी दिनमा विद्यालयले यस्ता अनौपचारिक कार्यक्रमलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा मौन आवाज निबन्धकृति र सेतो सुनखानीबाबु कविता कृतिका सर्जक एवम् साहित्यकार शम्भु अर्यालले आफ्ना केही सिर्जना वाचन गरेका थिए । सहजकर्ताको भूमिकासँगै कवि मिलनले आफ्ना सिर्जना वाचन गरेका थिए । अन्तरक्रियामा करिब दुई दर्जन विद्यार्थीको सहभागिता थियो ।

वि.सं.२०८२ असोज २३ बिहीवार ०९:२० मा प्रकाशित

Himalayan Life AD
हाइज्याक

हाइज्याक

सिंहदरवार बनिरहेको थियो ज्वालामुखी तुवाँलोको मुस्लो र रापभित्र पिडाको आँसु...

लघुकथा : मरिच मन

लघुकथा : मरिच मन

बिष्णुकुमार बराइली, मिरिक, दार्जीलिङ धनमान गजक्क छ । उ आफैमा...

झिल्का कविता

झिल्का कविता

साजन पौडेल (सञ्जय), देवघाट–५, तनहूँ १. पाइन्न कहिल्यै देखेको मेटेर...

मुक्तक

मुक्तक

इन्दिरा रेग्मी,नुवाकोट, अमारे १. सकुन्जेल थोरै थोरै कमाउनु पर्ने रहेछ...

नवरात्र सुसेली

नवरात्र सुसेली

दुर्गा अधिकारी भमरकोटे,हाल–कपन १. घटस्थापना नवदुर्गा भवानी प्रतिष्ठापना । २....

कविता : मूलबाटो भुलेको

कविता : मूलबाटो भुलेको

राम शरण न्यौपाने, भक्तपुर पर्दा लागी कन ह्रृदयमा नेत्रमा धूल...