back
CTIZAN AD

टोखाका हरेक टोलमा नागरिक सुरक्षा टोली बनाइने

वि.सं.२०८२ असोज २३ बिहीवार

618 

shares

काठमाडौँ । काठमाडौँको टोखा नगरपालिकाका हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गरिने भएको छ ।

नगरप्रमुख प्रकाश अधिकारीको संयोजकत्वमा बुधबार बसेको नगरक्षेत्रको शान्तिसुरक्षासम्बन्धी बैठकले आफ्नो टोल र टोलवासीको जीउधनको सुरक्षा, सार्वजनिक सम्पत्तिको संरक्षणका लागि प्रहरीसँगको समन्वय र सहकार्यका लागि हरेक टोलमा नागरिक सुरक्षा समूह गठन गर्न वडा कार्यालयमार्फत टोलवासीलाई अनुरोध गर्ने निर्णय गरेको हो ।

बैठकले टोखाभित्रका प्रत्येक घरधनीले आफ्नो घरमा बहालमा बस्ने व्यक्तिको परिचय खुल्ने कागजात संलग्न गर्ने र बहालमा बस्ने व्यक्तिले कुनै शङ्कास्पद गतिविधि गरिरहेको देखिएमा नजिकको सुरक्षा निकायलाई खबर गर्ने निर्णयसमेत गरेको छ ।

यसैगरी स्थिति सामान्य नहुञ्जेल अत्यावश्यक अवस्थामा बाहेक राति ९ बजेपछि घरबाहिर ननिस्कन, व्यापार–व्यवसाय पनि रातिको ९ बजेपछि बन्द गर्नका लागि अनुरोध गर्ने निर्णय बैठकले गरेको छ ।

टोखाभित्र साबिकदेखि स्थापना भएका प्रहरी कार्यालयलाई पूर्ववत् अवस्थामा सञ्चालन गर्न नेपाल सरकारलाई अनुरोध गर्ने, नगरपालिकाभित्र हाल चालु नरहेका सडकबत्ती, सिसी क्यामेरालगायत सुरक्षासम्बन्धी उपकरणलाई मर्मतसम्भार गरी चाँडो सञ्चालनमा ल्याइने पनि बैठकको निर्णय छ ।

वि.सं.२०८२ असोज २३ बिहीवार ०८:३८ मा प्रकाशित

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब सङ्कलन, ऊर्जा तथा खानी क्षेत्रमा लगानी गरिने

काठमाडौँ, २३ जेठ – सामाजिक सुरक्षा कोषमा यही जेठ २० गतेसम्म...

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्रै सार्वजनिक गरिने

काठमाडौँ, २३ जेठ – राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा...

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

नेपाल–पाकिस्तानबीच पर्वतारोहण सहकार्य विस्तारमा जोड

काठमाडौँ । इस्लामावादस्थित नेपाली राजदूतावासले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको...

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहामा नेपाली श्रमिकका लागि सचेतना कार्यक्रम सम्पन्न

दोहा, कतार । दोहास्थित नेपाली राजदूतावासले नेपाली श्रमिकहरूका लागि सचेतना...

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

फेदीखोलामा उदाहरणीय अभियान : १४ रोपनीमा कफी रोपण, विद्यार्थीलाई पोशाक र आईसीटी ल्याब हस्तान्तरण

स्याङ्जा । “समृद्ध भविष्यको आधार, जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने...