back

इजरायली प्रधानमन्त्रीद्वारा गाजा युद्धविराम सम्झौताको प्रशंसा

वि.सं.२०८२ असोज २३ बिहीवार

888 

shares

जेरुसेलम । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविराम र बन्धक मुक्तिको लागि हमाससँग भएको सम्झौताको प्रशंसा गर्दै सम्झौताको अनुमोदन गर्नका लागि शुक्रबार मन्त्रीमण्डल बोलाउने निर्णय गरको जनाएका छन् ।

नेतान्याहूले विज्ञप्ति मार्फत सम्झौता भएको दिन इजरायलका लागि एउटा महान दिन भएको भन्दै सम्झौतामा अझै पनि “सबै“ बन्धकहरूको रिहाइ समावेश भएको बताएका छन् । गाजामा बाँकी रहेका ४८ जना बन्धक मध्ये करिब २० जना अझै जीवित रहेको इजरायलले जनाएको छ ।
योजनाको पहिलो चरणको स्वीकृतिसँगै सबै बन्धकहरूलाई घर फर्काइने आश्वासन दिदै यो कार्य कूटनीतिक सफलता र इजरायलका लागि राष्ट्रिय तथा नैतिक विजय भएको उनले बताएका छन् ।

सम्झौतामा मतदान गर्न मन्त्रिपरिषद् बोलाउने अपेक्षा गरिएको छ, प्रधानमन्त्री कार्यालयले जनाएको छ । नेतान्याहुको दक्षिणपन्थी गठबन्धनका धेरै प्रमुख सदस्यहरू, बसोबास समर्थक मन्त्रीहरू इटामार बेन–गभिर र बेजलेल स्मोट्रिचले बारम्बार हमाससँगको सम्झौताको विरोध गर्दै सार्वजनिक रूपमा गाजामा यहूदी बस्तीहरूको पुनर्निर्माणका लागि आह्वान गरेका छन् ।

नेतान्याहु र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फोनमा कुराकानी गरेको जनाउदै नेतन्याहुको कार्यालयले फोन वार्तामा अत्यावश्यक र भावनात्मक कुराकानी भएको उल्लेख गरेको छ । जसमा उनीहरूले सबै बन्धकहरूको रिहाइ सुरक्षित गर्न सम्झौतामा हस्ताक्षर गरेको ऐतिहासिक उपलब्धिका क्रममा एक अर्कालाई बधाईसमेत दिएका छन् ।

इजरायल र हमासले गाजा युद्धको अन्त्य गर्ने र बन्धक र केही प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने आफ्नो २० सूत्री योजनाको “पहिलो चरण“ मा सहमत भएको सामाजिक सञ्जाल मार्फंत ट्रम्पले घोषणा गरेका छन् ।

ट्रम्पले योजना बमोजिम सबै बन्धकहरू चाँडै नै रिहा हुने तथा इजरायलले बलियो, दिगो र चिरस्थायी शान्तिको मार्गमा सहमती सहित आफ्नो सेना फिर्ता गर्ने र सबै पक्षलाई उचित व्यवहार गरिने जनाएका छन् ।

इजरायल र हमासका प्रतिनिधिमण्डलले कतार, इजिप्ट र अमेरिकी मध्यस्थकर्ताको मध्यस्थतामा इजिप्टको रेड सी रिसोर्ट शर्म अल–शेखमा सोमबार देखि निरन्तर वार्ता गरिरहेका छन् ।
सन् २०२३ अक्टोबर– ७ मा युद्ध सुरु भएदेखि, इजरायली आक्रमणले गाजा पट्टीलाई ध्वस्त पारेको छ भने गाजाका व्यापक अनिकाल र विस्थापन निम्त्याएको छ भने कम्तिमा छ लाख सात हजार १८३ व्यक्तिको मृत्यु हुनुका साथै १६ लाख नौ ्हजार ८४१ अन्य घाइते भएको गाजाको स्वास्थ्य अधिकारीहरूले जनाएका छन् । (रासस/सिन्ह्वा)

वि.सं.२०८२ असोज २३ बिहीवार १८:१० मा प्रकाशित

Himalayan Life AD
अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

अलास्का-युकोन सिमानामा ७.० म्याग्निच्युडको शक्तिशाली भूकम्प

लस एन्जलस  । अमेरिकी राज्य अलास्का र क्यानाडाको युकोन क्षेत्रको...

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

गोवाको नाइटक्लबमा भीषण आगलागी, २५ जनाको दुःखद मृत्यु

मुम्बई । भारतको लोकप्रिय पर्यटक गन्तव्य गोवामा अवस्थित एक नाइटक्लबमा...

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ आगलागी छानबिनमा ‘स्वतन्त्र समिति’ गठन

हङकङ । हङकङका नेता जोन लीले गत हप्ता एउटा अपार्टमेन्ट...

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्लीमा वायु प्रदूषण तिव्र

नयाँदिल्ली । पछिल्लो समयमा बढ्दो वायु प्रदुषणका कारण भारतको नयाँदिल्ली...

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

नुनका नदीहरू  : जलवायु परिवर्तनसँग बङ्गलादेशको तटीय जीवन सङ्घर्ष

खुल्ना (बङ्गलादेश) ।  विशाल हिमाली नदीहरू समुद्रको अँगालोमा प्रवेश गर्ने बङ्गलादेशको...

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

मलेसियामा बाढीका कारण दश हजार भन्दा बढी मानिसहरु विस्थापित

क्वालालम्पुर (मलेसिया) । मलेसियामा हालै आएको बाढीको कारण दश हजार...