back
CTIZAN AD

ट्रम्पको योजनाअनुसार इजरायलले गाजामा सैन्य कारबाही रोकिसक्नुपर्ने कतारको भनाइ

वि.सं.२०८२ असोज २२ बुधवार

936 

shares

दोहा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको शान्ति योजना अनुरुप इजरायलले गाजामा सैन्य कारबाही रोकिसक्नुपर्ने कतारको विदेश मन्त्रालयका प्रवक्ताले मङ्गलबार बताएका छन् ।

“युद्धविरामको बारेमा यो प्रश्न पहिले इजरायली सरकारतर्फ केन्द्रित गरिनु पर्छ। यदि प्रधानमन्त्रीले ट्रम्पको योजनाको पालना गर्ने सम्बन्धमा दिएको अभिव्यक्ति सत्य हो भने वास्तवमा युद्धविरामको व्यवस्था गर्नु पर्ने थियो,” माजिद अल–अन्सारीले दोहामा पत्रकारहरूसँगको कुराकानीका क्रममा बताए ।

गाजामा द्वन्द्व अन्त्य गर्न र युद्धपछिको शासनको लागि रोडम्याप निर्माण गर्न ट्रम्पको २० बुँदे प्रस्तावको बारेमा हमास र इजरायलले यसै हप्ता इजिप्टमा अप्रत्यक्ष वार्ता गरिरहेका छन्।

आफ्नो योजना अन्तर्गत बन्धकहरूलाई रिहा गर्न छलफल गर्न शुक्रबार हमास सहमत भएपछि अमेरिकी राष्ट्रपति ट्रम्पले इजरायललाई गाजामा युद्ध रोक्न आग्रह गर्नुभएको थियो । ट्रम्पले आफ्नो ट्रुथ सोशल प्लेटफर्ममा गरेको पोस्टमा भनेका छन्, “इजरायलले गाजामा बमबारी तुरुन्त रोक्नु पर्छ र बन्धकहरूलाई सुरक्षित र छिटो बाहिर निकाल्न सक्ने वातावरणलाई सुनिश्चित गर्नुपर्छ।” अन्सारी इजिप्टमा हुने शान्ति वार्ताबारे सावधान देखिन्थे ।

“मलाई कुनै शङ्का छैन यो चरणको वार्ता एक प्रक्रिया हो जसमा सबै पक्षहरू सहमतिमा पुग्न दृढ प्रतिबद्ध छन्, तर धेरै विवरणहरू विचारणीय छन्,“ उनले भने ।

गत महिना कतारको राजधानीमा इजरायलले हमास समूहको नेतृत्वमाथि आक्रमण गरेको सन्दर्भलाई जोड्दै उनले दोहामा हमासको राजनीतिक ब्यूरोको भविष्यबारे छलफल गर्न अझै ‘चाँडो’ भएको बताए ।

अमेरिकी पहलमा कतारले द्वन्द्वमा मध्यस्थता गर्न मद्दत गरेको छ, उनले भने, “जबसम्म हमाससँग संवादको च्यानलको आवश्यकता हुन्छ, यसको आवश्यकता रहिरहनेछ।”(रासस/एएफपी)

वि.सं.२०८२ असोज २२ बुधवार ०८:४९ मा प्रकाशित

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

सेउटा सीमा पार गर्ने क्रममा १८ आप्रवासीको मृत्यु

मोरक्कोबाट स्पेनको स्वायत्त क्षेत्र सेउटा प्रवेश गर्ने प्रयासका क्रममा कम्तीमा...