back
CTIZAN AD

मधेशमा नयाँ सत्ता समीकरण : लोसपाका सोनल मुख्यमन्त्रीमा दाबी गर्दै

वि.सं.२०८२ असोज २९ बुधवार

906 

shares

काठमाडौं । मधेश प्रदेशमा कांग्रेस र एमालेलाई बाहिर राख्दै नयाँ सत्ता समीकरण बनेको छ। लोसपाका प्रदेश सांसद जितेन्द्र सोनललाई मुख्यमन्त्री बनाउन पाँच दलबीच सहमति जुटेको हो।

सोनलले बुधबार प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई भेटेर लोसपा ८, जसपा १९, जनमत १३, माओवादी (केन्द्र) ८ र नेकपा (एकीकृत समाजवादी) ६ सहित ५४ सांसदको समर्थनमा सरकार गठनको दाबी पेश गर्दैछन्।

प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आज अपराह्न ४ बजेसम्मको समय तोकेकी छन्।

लोसपा नेतृत्वमा बन्ने नयाँ सरकारमा साना दलहरू—राप्रपा, संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीलाई पनि समेट्ने गृहकार्य भइरहेको स्रोतले जनाएको छ। यी तिनै दलका मधेश प्रदेशमा १–१ जना सांसद छन्।

गत तीन दिनदेखि जनकपुरमै बसेर लोसपा अध्यक्ष महन्थ ठाकुर र जसपा अध्यक्ष उपेन्द्र यादवले कांग्रेस नेतृत्वमा एमाले र जनमतबीच बनेको सहमतिको विकल्पका रूपमा नयाँ समीकरण बनाउन सक्रिय भूमिका खेलेका हुन्।

यसबीच, कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बन्ने तयारी अन्तिम चरणमा पुगेकै बेला समीकरण भत्किएपछि नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहानदेखि निरन्तर छलफल गरिरहेको छ। तर नेपालको पार्टीका ६ सांसदले कांग्रेस–एमाले गठबन्धनलाई सहयोग गरे पनि बहुमत नपुग्ने अवस्था देखिएको छ।

 

वि.सं.२०८२ असोज २९ बुधवार १०:५२ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...