back
CTIZAN AD

राष्ट्रिय स्वाभिमानका साथ देशको शिर माथि उठाउनुपर्छ : अध्यक्ष ओली

वि.सं.२०८२ असोज २९ बुधवार

942 

shares

ललितपुर । नेकपा (एमाले)को दशौँ केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु भएको छ।

पार्टीका नेताहरूले जनजी आन्दोलन, प्रतिनिधिसभा विघटन र नयाँ सरकार गठनपछिको विशेष राजनीतिक परिस्थितिमा बस्न लागेको यो बैठकलाई अत्यन्त महत्वपूर्ण भएकाले जुटेको बताएका छन्।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष केपी शर्मा ओलीले नेपालको कम्युनिष्ट आन्दोलन ऐतिहासिक घटनाक्रमबाट अघि बढ्दै आएको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानका साथ देशको शिरमाथि उठाउने शक्ति एमाले मात्रै भएको बताए। उहाँले लोकतन्त्र, शान्ति, विकास, सामाजिक न्याय र समृद्धिको लयमा मुलुकलाई फर्काउन सबै कार्यकर्ताले एकताबद्ध भएर लाग्नुपर्नेमा जोड दिनुभयो।

ओलीले बैठकमा समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नुभएको छ र बैठकले आगामी राजनीतिक दिशा र रणनीतिबारे गम्भीर छलफल गर्ने बताइएको छ।

यसअघि असोज २६ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले आउँदो मङ्सिर अन्तिम साता पार्टीको ११औँ राष्ट्रिय महाधिवेशन आयोजना गर्ने निर्णय गरेको थियो।

बैठकका लागि समसामयिक प्रस्ताव लेखन समिति गठन गरिएको छ, जसमा उपमहासचिव प्रदीप ज्ञवाली, स्थायी कमिटी सदस्य राजेन्द्र गौतम र विघटित प्रतिनिधिसभाका प्रमुख सचेतक महेश बर्तौला सदस्य रहेका छन्।

महासचिव शङ्कर पोखरेलले सबै केन्द्रीय सदस्यलाई तोकिएको समयमा बोल्ने अवसर उपलब्ध गराइने जानकारी दिनुभएको छ। बहस नोट संकलनको जिम्मेवारी पोलिटब्युरो सदस्य सूर्य थापा र केन्द्रीय सदस्य विष्णु रिजाल तथा निरज आचार्यलाई दिइएको छ।

बैठकमा अध्यक्ष ओलीले गत भदौ २२ गते सम्पन्न दोस्रो विधान महाधिवेशनबाट निर्वाचित केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बालाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ। शपथपछि आयोगले आफ्नो कार्य औपचारिक रूपमा सुरु गरेको बताइएको छ।

बैठकमा सहभागी नेताहरूले पार्टीलाई आगामी निर्वाचनका लागि सुदृढ बनाउने दिशामा ठोस निर्णय हुने विश्वास व्यक्त गरेका छन्।

 

वि.सं.२०८२ असोज २९ बुधवार १३:१९ मा प्रकाशित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

भोटेकोशी बाढीमा एनआईसी एशिया बैंकका तीन शाखा पूर्णरुपमा ध्वस्त, कर्मचारीहरु सुरक्षित

काठमाडाैँ । गत बुधवार रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको भीषण...

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

विपद्का बेला विदेशबाट आइएमईमार्फत निःशुल्क रकम पठाउन सकिने

काठमाडौं । प्राकृतिक विपद्बाट प्रभावित नागरिकका लागि विदेशमा रहेका नेपाली...

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

नेपाल बैंकद्वारा भोटेकोशी बाढीपीडितका लागि ३ करोड १ लाख सहयोग

काठमाडौं । नेपाल बैंक लिमिटेडले रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा...

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

एनआईसी एशिया बैंकद्वारा भोटेकोशी बाढी प्रभावितका लागि २ करोड २१ लाख सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले रसुवाको भोटेकोशी नदीमा आएको भीषण...

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

MAXUS Nepal द्वारा विपद् राहत तथा पुनर्स्थापनाका लागि ७० लाख सहयोग घोषणा

काठमाडौं |  हिमालय अर्गनाइजेसन अन्तर्गत MAXUS Nepal ले SAIC MAXUS...