back

मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु

वि.सं.२०८२ कात्तिक ३ सोमवार

171 

shares

गाईघाट (उदयपुर) ।उदयपुरको कटारी नगरपालिका–४ स्थित मदनभण्डारीमार्गको ककरु खेलामा मोटरसाइकल दुर्घटनामा एक किशोरको मृत्यु भएको छ । दुर्घटनामा परी एक जनाको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार मोटसाइकल दुर्घटनामा मृत्यु हुने कटारी–४ का १६ वर्षीय सम्राट खड्का रहेका छन्भने अर्का घाइते सोही स्थान बस्ने १८ वर्षीय राजमणि कटुवाल रहेका छन् ।

गएराति ११ बजे कटारीबाट सिन्धुली जाँदै गरेको बागमती प्रदेश ०२–०५४ प ६९९० नम्बरको मोटरसाइकल ककरु खेला नजिकै ओभरस्पिडका कारण अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख कमल बजगाईं जानकारी दिए ।

मोटरसाइकलमा सवार चालक खड्का र मोटरसाइकल पछाडि बसेका कटवाल दुवैको अवस्था गम्भीर भएकाले तत्काल प्रादेशिक अस्पताल कटारीमा ल्याएर उपचार गर्ने क्रममा खड्काको कटारी अस्पतालमा नै मृत्यु भएको इप्रका कटारीले प्रहरीले बताएको छ ।

अर्का कटवालको थप उपचारका लागि विराटनगरस्थित नोवेल अस्पतालमा पठाइएको र हाल उपचार भइरहे पनि अवस्था गम्भीर रहेको इलाका प्रहरी कटारीले बताएको छ । खड्काको शवपरीक्षण गरी आफन्तलाई जिम्मा लगाइएको इप्रका कटारीको भनाइ छ ।,

वि.सं.२०८२ कात्तिक ३ सोमवार १५:५४ मा प्रकाशित

Himalayan Life AD
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?

फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?

काठमाडौँ । राजनीतिक दलका नेताहरुले ‘जेनजी’ आन्दोलनका क्रममा लुटपाट भएका...

आन्दोलनमा भागेका अझै पाँच हजार कैदी कारागार बाहिरै

आन्दोलनमा भागेका अझै पाँच हजार कैदी कारागार बाहिरै

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट...

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती...

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल...

अन्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो मूल्य ?

अन्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो मूल्य ?

काठमाडौं । अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक...

किष्ट अस्पताल परिषर तनावग्रस्त

किष्ट अस्पताल परिषर तनावग्रस्त

काठमाडौं । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा...