back
CTIZAN AD

कविता- प्यारो भकारो

वि.सं.२०८२ कात्तिक ३ सोमवार

1.5K 

shares

अहङ्कारी आग्लोमा उभिएर
अग्लिएको मान्छे म
वरिपरि हेर्नु छैन मैले
मेरा आँखा पर छन् सुदूर पर
मेरा घरले कति घरआँगनमा ओस भर्‍यो
हेर्नु बुझ्नु छैन मैले

मेरा गोरुको बारै टक्का
मलाई नटेर्नेले पाउँछ धक्का
मुठीमा माटो उठाउनु छैन मैले
मलाई उभ्याउनु छ अग्लो खम्बा
टाँस्नु छ देखिने गरी अनुहार
कसले के भन्छ सुन्नु छैन मैले

मलाई गर्नुछ मेरो काम
गर्छु मैले जे भन्छ मनले
किन खोज्नु मैले कहाँ छ जीवन ?
कति उज्यालो छ झोपडी ?
नाप्नु छैन मैले

म आफै रमाउने हो महलमा
खन्नु खोस्रनु छैन माटो
बिउ रोप्ने रहर होइन मेरो
के खाँचो मलाई उत्पादन बढाउन
खानु छैन मैले मेरै बारीको साग
आयातमा गर्व गर्ने स्वाभिमानी
मान्छे म

हात थापेर खान्छु
थापेकै खुराकले मोटाउँछु
लाज मान्नु छैन मैले
म निर्धक्क माग्न सक्छु
हो नि मागमै त कमाइ छ
फेरि चुनाव पनि जित्नु छ मैले
म देश बनाउने मान्छे

कसैले साँढे देख्छ मलाई
भकारो खाली गर भन्छ
म त्यसका आँखाको शल्यक्रिया गराउँछु
तर मलमूत्र जति थुप्रिए पनि
कति प्यारो छ मलाई
भकारो किलो र दाम्लो
भकारोमै रमाउँछु म

सुन हे ! सुन फेरि सुन, राम्ररी सुन
मेरा प्रिय आसेपासे दयँराले सुन
हतार नगर तिमीहरू!
आर्यघाटले सलामी नपाई
सफा हुँदैन भकारो
ढुक्क होऊ मित्रहरू
म मेरै प्यारो भकारोमा खुसी छु !
यत्रो रहर ! कत्रो हतारो !
उधुम रहर छ भकारोमा बस्ने ?
बनाए हुन्छ गोठ । -2

वि.सं.२०८२ कात्तिक ३ सोमवार १३:२५ मा प्रकाशित

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

गगनसिंह थापाको दशौं कृति “हिउँ फूल’ को आवरण सार्वजनिक

टीकापुर । साहित्यकार स्वर्गीय गगनसिंह थापाको ७८औँ जन्मजयन्तीको अवसरमा उनको...

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

‘राष्ट्रिय गजल दिवस’ का सन्दर्भमा गजल प्रवद्र्धन केन्द्र नेपालको सुझाव, सुझावसहित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले आयोजना गर्न लागेको गजल दिवसका...

चारु

चारु

होम सुवेदी , भद्रपुर केही पल बाँच्नलाई सास चाहिन्छ ,...

गजल

गजल

अनुराग अरुण हरे दैव कस्तो जमाना भयो सुधो मूर्ख भो...

गजल

गजल

रमा खतिवडा, पोखरा मलाई दिवाना अधरले बनायो लजाएर हेर्ने नजरले...

सुसेली : आदिकवि भानुभक्त आचार्य

सुसेली : आदिकवि भानुभक्त आचार्य

आकाङ्क्षा बलामी ग्रीन हिल स्कुल , फर्पिङ कक्षा ६ आदिकवि...