back
CTIZAN AD

आज कार्तिक ८ गते शनिबार, हेर्नुहोस् राशिफल कस्तो छ तपाईको आजको दिन ?

वि.सं.२०८२ कात्तिक ८ शनिवार

948 

shares

२०८२ कार्तिक ८ गते शनिवार
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

मेष –चु, चे, चो, ला, लि, लु, ले, लो, अ
उपलब्धिका लागि केही समय प्रतीक्षा गर्नुपर्ला। स्वास्थ्यका लागि आहार–विहारमा अलि सजग रहनुपर्नेछ। व्यस्तता बढ्नेछ भने शारीरिक समस्याले कमजोरी अनुभूति हुनेछ। गोप्य सूचना बाहिरिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। लगानी गर्ने काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला। अनावश्यक अडान लिने बानीले पनि समस्या निम्त्याउन सक्छ।

वृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो
पहिलेको सफलताले हौसला जगाउनेछ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। बिछोडिएका आफन्तसँग रमाइलो भेटघाट हुनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। विगतका कमजोरी सुधार गर्ने मौका छ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न पनि सकिनेछ।

मिथुन –का, कि, कु, घ, ङ, छ, के, को, ह
वादविवादले लक्ष्यमा पुग्न अप्ठ्यारो पार्नेछ। अधिकार सुरक्षा गर्न जुट्नुपर्नेछ। केही चुनौतीहरू देखिनेछन्। काममा सोचेको फाइदा उठाउन मुश्किल पर्नेछ। खर्चिलो काम गर्नुपर्ने देखिएकाले कर्जामार्फत धन जुटाउनुपर्ने हुन सक्छ। तत्काल फाइदा लिँदा पछिको लाभांश गुमाउनुपर्ला। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। अध्ययनमा राम्रो उपलब्धि हासिल हुनाले बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सबल रहनेछ। पशुपालन तथा कृषि क्षेत्रबाट पनि राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीले राम्रो साथ दिनेछन्। फाइदाको स्रोत पहिल्याउन सकिनेछ।

सिंह –मा, मि, मु, मे, मो, टा, टि, टु, टे
तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। धेरै फाइदा उठाउन नसकिए पनि समस्या सुल्झनेछन्। पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। प्रतिष्ठित व्यक्तिका माध्यमबाट काम बनाउन सकिनेछ। टाढिएका आफन्त नजिकिनेछन्। पुरानो सम्झौता भंग हुन सक्छ। महत्त्वाकांक्षी योजना गोप्य राख्नुहोला।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो
परिस्थितिले सोचेभन्दा फरक मोड लिन सक्छ। मौका आए पनि समयमा जागरुक नबन्दा पछि परिनेछ। सहयोगीहरूले बीचैमा हात झिक्न सक्छन्। लेनदेनमा अलि होसियार रहनुहोला। दिगो काम प्रारम्भ गर्न केही समय पर्खनुपर्ने देखिन्छ। आफ्नो प्रतिफलबाट अरूले फाइदा उठाउन सक्छन्। काम पूर्ण नभए पनि मिहिनेतले आंशिक लाभ दिलाउनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते
शुभचिन्तकहरू टाढिन सक्छन्। अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययनमा सोचेजस्तो प्रगति नहुन सक्छ। व्यापारमा कम मात्र फाइदा हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन केही मिहिनेत गर्नुपर्ला। तर निराश नहुनुहोस्, मौका पर्खंदा स्थितिमा सुधार आउनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले व्यवहारमा सजग रहनुहोला।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु
अवसर प्राप्त भए पनि काममा अरूको मुख ताक्नाले पछि परिनेछ। विशेषतः सरकारी कामकाजमा अलमल हुन सक्छ। तापनि पहिलेको सफलताले हौसला जगाउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ। खानपानको सोखले स्वास्थ्य भने प्रतिकूल बन्न सक्छ, सावधान रहनुहोला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे
केही मात्रामा खर्च बढ्नेछ भने व्यवसायमा लगानी बढाउनुपर्ला। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुहोला। अर्थअभाव खट्किए पनि आवश्यक पर्दा सरसापट वा कर्जामार्फत धन जुट्नेछ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। टाढाका साथीभाइले काममा साथ दिनेछन्। सरसापटमा केही धन बाहिरिन सक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि
पहिलेका कर्मयोगबाट विशेष फल प्राप्त हुने समय छ। व्यापार बढ्नेछ भने रोकिएको काम बन्नेछ। साझेदारीबाट लाभ मिल्नुका साथै जिम्मेवारी पनि बढ्नेछ। पारिवारिक आवश्यकता पूर्ति होला। श्रमको उचित मूल्यांकन हुनेछ। सञ्चित धनको उपयोगबाट पनि विशेष लाभ मिल्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। आम्दानी बढ्नाले उत्साह जाग्नेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द
समयमा निर्णय लिन नसक्दा पुरानै काम दोहोर्याउनुपर्ला। नियमित काम सम्पादन भए पनि निर्णायक मोडमा दुविधा उत्पन्न हुनेछ। बेसुरमा काम गर्दा समस्या पर्नेछ। तापनि, लगनशीलताले काम सम्पादन हुनेछ। आजको श्रमबाट पछिलाई फाइदा हुनेछ। अवसरका लागि विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। भविष्यका लागि भने कामको जग बसाउने मौका छ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि
श्रम परे पनि तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। परिस्थिति अनुकूल हुनाले रोकिएको काम बन्न थाल्नेछ।

वि.सं.२०८२ कात्तिक ८ शनिवार ०५:२१ मा प्रकाशित

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद मनाइदैं

काठमाडौँ । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल...