back
CTIZAN AD

कर्मचारीले सत्ता रिझाउन थाले प्रशासन चल्दैन – नेता बिष्ट

वि.सं.२०७४ जेठ २८ आइतवार

798 

shares

२८ जेठ, तम्घास (गुल्मी) । नेकपा (एमाले)का सचिव तथा सांसद गोकर्ण बिष्टले निजामती कर्मचारीले काम छोडेर सत्ता रिझाउन थाले प्रशासन बिग्रने बताउनुभएको छ ।

निजामती कर्मचारी सङ्गठन जिल्ला कार्य समिति गुल्मीले आज प्रकाशन गरेको ‘हामी राष्ट्र सेवक’ नामक स्मारिका विमोचन गर्दै नेता बिष्टले कर्मचारीको गलत मूल्याङ्कन प्रणाली र राजनीतिले कर्मचारी काम र दक्षतामा भन्दा चाकडीको चङ्गुलमा फसेको बताउनुभयो ।

पूर्व ऊर्जामन्त्री बिष्टले अहिलेसम्म कर्मचारीलाई राजनीतिक पूर्वाग्रहभन्दा बाहिर राखेर विधि र प्रक्रियाअनुसार सरुवा वा बढुवा गर्न नसकिएको पनि स्वीकार्नुभयो । कर्मचारी सत्ता निकट भए ठीक नभए नेटो कटाउने प्रवृत्ति अझै विद्यमान रहेको प्रसङ्ग उल्लेख गर्दै नेता बिष्टले यो प्रवृत्ति हटाउन राजनीतिक दलले अब प्रतिज्ञा गर्नुपर्ने समय आएको छ भन्नुभयो ।

नेता बिष्टले अहिले देशमा विभिन्न तत्वले चुनाव हुन नदिने षडयन्त्र गरिरहेको सन्दर्भमा मतदानलाई निष्पक्ष बनाउन र अधिक मतदातालाई सहभागी बनाउन कर्मचारीको ठूलो भूमिका रहने बताउनुभयो ।

निजामती कर्मचारी सङ्गठनका जिल्ला अध्यक्ष भक्तिराम मरासिनीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सेवा निवृत्त भएका विभिन्न कर्मचारीलाई सम्मानसमेत गरिएको थियो ।

वि.सं.२०७४ जेठ २८ आइतवार १०:३३ मा प्रकाशित

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

मनसुन पूर्वतयारीः चौबिसै घण्टा पूर्वसूचना र बाढी पूर्वानुमान सेवा सञ्चालन गरिने

काठमाडौँ । आगामी मनसुनलाई लक्षित गर्दै जल तथा मौसम विज्ञान...

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

कालीगण्डकीमा बेपत्ता दुई युवक मृत भेटिए

तानसेन (पाल्पा) । यहाँको बगनासकाली गाउँपालिका–७ दैलातुङस्थित कालीगण्डकी नदीमा गत...

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी लगानीका विद्यालयहरुले...

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

लागूऔषधसहित विभिन्न स्थानबाट १३ जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट...

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

पर्सामा नागरिकतासँगै राष्ट्रिय परिचयपत्र

वीरगञ्ज (पर्सा) । जिल्ला प्रशासन कार्यालय पर्साले आजदेखि नयाँ नागरिकता...

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

कोइलाको सकिएपछि हेटौँडा सिमेन्ट उद्योगद्वारा उत्पादन बन्द

मकवानपुर । हेटौँडा सिमेन्ट उद्योगले कोइलाको अभाव भएको जनाउँदै आज...