back
CTIZAN AD

आज साेमबार : तपाईंको राशिफल कस्तो छ ?

वि.सं.२०८२ कात्तिक १० सोमवार

816 

shares

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
मिहिनेतको परिणामले आत्मविश्वास बढाउनेछ । विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ । अरूको सहयोगमा जुट्नुपरे पनि आफैंलाई फाइदा हुनेछ । समाजमा तारिफयोग्य काम सम्पादन हुनेछ । परिश्रमले सजिलै लक्ष्यमा पुर्याउनेछ । छोटो समयमा फाइदा उठाउन सकिनेछ । सहयोगीहरूले काममा साथ दिनेछन् ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ । आर्थिक लाभ नहुने जिम्मेवारी वहन गर्नुपर्ला । सामूहिक काममा हात हाल्नुअघि विचार पुर्याउनुहोला । समस्या दर्साउँदा शुभचिन्तकहरूले साथ दिनेछन् । तत्काल फाइदा नभए पनि उपलब्धिका स्रोत पहिचान गर्न सकिनेछ । अध्ययनमा भने समय दिन नसकिएला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
हाँसखेल र मनोरञ्जनको समय छ । प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ । आम्दानी बढाउने काम थालनी हुनेछ । प्रेम र मित्रताको बन्धन कसिनेछ । व्यवसायको सन्दर्भमा यात्रा हुनेछ । साथीभाइको सहयोगले उत्साहित भइनेछ । भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
श्रम परे पनि रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । आफ्नै प्रयासले अधिकार स्थापित गर्न सकिनेछ । व्यापार र आम्दानीका काममा प्रगति हुनेछ । मिहिनेतले प्रतिस्पर्धा जिताउन सक्छ । भौतिक साधन जुट्नाले नयाँ काम सुरु हुनेछ । प्रतिस्पर्धीहरू किनारा लाग्नेछन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सहपाठीहरूसँग भेटघाट हुनेछ । अध्ययनले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ । मिहिनेतले प्रतिष्ठा आर्जन गर्ने अवसर दिलाउनेछ । कृषि तथा व्यवसायमा फाइदा हुनेछ । सन्तान वा अनुयायीको साथले उत्साह बढ्नेछ । विगतका कमजोरी सुधार्ने मौका पाइनेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
रोकिएका काम बिस्तारै बन्नेछन् । हतारको निर्णयले काम बिग्रन सक्छ । गोप्य योजनालाई सुरक्षित राख्नु उपयुक्त हुनेछ । अन्योलमा मान्यजनको सल्लाह उपयोगी बन्नेछ । बुद्धिको प्रयोगले प्रतिष्ठा कायम राख्न सकिनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
विभिन्न उपहार प्राप्त हुने सम्भावना छ । सहयोगीहरूले राम्रो साथ दिनेछन् । रोकिएका काम बन्नेछन् । उद्योग र व्यापारमा फाइदा हुनेछ । गरिएका कर्मको प्रतिफल पाउने समय छ । नयाँ योजनामा हात हाल्ने उपयुक्त अवसर प्राप्त हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आयस्रोत बढ्नेछ । मान-सम्मान प्राप्त हुनेछ । बोलीको प्रभाव बढ्नेछ र अभिव्यक्तिमा निखार आउनेछ । चिताएको काम सजिलै पूरा हुनेछ । विगतका कमजोरी सुधार्ने मौका पाइनेछ । कार्यक्षेत्रमा सम्मानित स्थान प्राप्त हुनेछ ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
सहयोगीहरू भेटिनेछन् । रचनात्मक कार्य सुरु गर्ने समय छ । रमाइलो जमघटको वातावरण बन्नेछ । नयाँ कामको प्रस्ताव आउने सम्भावना छ । धन आर्जनको अवसर प्राप्त हुनेछ । विछोडिएका साथीभाइ नजिकिनेछन् ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । खर्च लागे पनि रोकिएका काम बन्नेछन् । लामो यात्रा वा वैदेशिक कार्यमा लाभ हुनेछ । व्यवसायमा लगानी बढाउनुपर्ने परिस्थिति आउन सक्छ । चुनौतीका बाबजुद स्वाभिमान जोगाउन सकिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
आम्दानीका नयाँ स्रोत भेटिनेछन् । मिहिनेतको राम्रो परिणाम पाइनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । व्यापारमा लगानी बढाउन सकिनेछ । अप्ठ्यारा परिस्थितिलाई सहज बनाउन सकिनेछ । केही खर्चिएर पनि फाइदा हुने काम सम्पन्न हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
तारिफयोग्य काम गर्दै प्रतिष्ठा आर्जन गर्ने समय छ । समाजमा सम्मान र जिम्मेवारी बढ्नेछ । नसोचेको अवसर प्राप्त हुनेछ । समुदायको हितमा काम गर्न सकिनेछ । टाढिएका साथीभाइ भेटिनेछन् । भाग्यले नयाँ अवसर दिलाउनेछ ।

२०८२ कार्तिक १० गते, साेमबार, २७ अक्टोबर २०२५
उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)

 

वि.सं.२०८२ कात्तिक १० सोमवार ०६:५१ मा प्रकाशित

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीले पाउने भुक्तानी असार २५ गतेसम्म हुने

काठमाडौँ । महालेखा नियन्त्रक कार्यालयले सेवानिवृत्त हुने राष्ट्रसेवक कर्मचारीको असार...

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

मनसुनी वायुको प्रभाव कायमै, आज यी प्रदेशमा वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम रहेकाले आज पनि...

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

नारायणघाट–बुटवल सडकः पूर्वी खण्डमा कालोपत्रे सम्पन्न

मध्यविन्दु (नवलपरासी) । नारायणघाट–बुटवल सडक विस्तार आयोजनाको पूर्वी खण्डमा मुख्य...

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

राष्ट्रिय वाणिज्य बैङ्कले सुरु गर्यो अनलाइन कर्जा आवेदन सेवा सुरुआत

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैङ्कले आजदेखि अनलाइन कर्जा आवेदन सेवाको...

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

एक करोड ४८ लाख बढीको क्रिप्टो कारोबार गर्ने युवक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले रु एक करोड ४८ लाख बढीको...