back
CTIZAN AD

२३ अदालतमा आगजनी : सर्वोच्चको जाहेरी दिने निर्णय

वि.सं.२०८२ कात्तिक ११ मंगलवार

858 

shares

काठमाडाैँ ।  जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित देशभरका २३ वटा अदालतमा भएको आगजनी र तोडफोडका घटनामा संलग्न व्यक्तिहरूविरुद्ध प्रहरीमा जाहेरी दिने निर्णय सर्वोच्च अदालतको फुलकोर्ट बैठकले गरेको छ।

सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, सबै अदालतलाई आफ्ना जिल्लाका प्रहरी कार्यालयमा उजुरी दर्ता गर्न निर्देशन दिइएको छ। सर्वोच्चको फुलकोर्ट बैठकले आइतबार नै निर्णय गरिसकेको र केही दिनभित्र जाहेरी प्रक्रिया सुरु हुने बताइएको छ।

उनका अनुसार, आगजनी र तोडफोडमा संलग्न कतिपय व्यक्तिहरूको पहिचान भइसकेको छ। सार्वजनिक भएका भिडिओ, फोटो र सीसी क्यामेराका दृश्यबाट घटनामा सहभागीहरूलाई चिन्ने काम भइरहेको छ।

भदौ २४ गते भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतसहित २३ वटा अदालतमा भीषण आगजनी भएको थियो। यस घटनाबाट अदालतका भवन, फाइल, मुद्दाका मिसिल र सवारीसाधनमा ठूलो क्षति पुगेको छ।

सर्वोच्च अदालतका अनुसार, देशभरका अदालतहरूमा जलेका मुद्दाका मिसिल संख्या करिब ९ लाख ३३ हजार ८२३ छ, जबकि ४ हजार २ सय मुद्दाका फाइल मात्रै सुरक्षित छन्। साथै, ४२२ सवारीसाधन जलेका छन्, जसमा १२९ चार पाङ्ग्रे, २२३ मोटरसाइकल र ७० स्कुटर छन्।

आगजनीबाट सर्वोच्चको एनेक्स भवनबाहेक अन्य भवन प्रयोग अयोग्य भएका छन्। उच्च अदालत तुलसीपुर, बुटवल, पाटन (हेटौँडा इजलास) र जिल्ला अदालत काठमाडौँ, मोरङ, चितवन, कास्की, तनहुँ, बाँकेका भवनहरू पनि क्षतिग्रस्त भएका छन्।

सर्वोच्च अदालतले क्षतिको सम्पूर्ण विवरण संकलन गरी जाहेरी दर्ता गर्ने र सरकारले गठन गरेको जाँचबुझ आयोगमा प्रतिवेदन बुझाउने तयारी गरेको छ। अदालतको भनाइमा, जाहेरी दर्ताले कानुनी कारबाहीको आधार तयार पार्ने र जिम्मेवारहरूलाई कानुनी दायरामा ल्याउने काम अघि बढाउनेछ।

वि.सं.२०८२ कात्तिक ११ मंगलवार १२:३७ मा प्रकाशित

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

हिरासतमा रहेका सहकर्मी नछाडे कडा आन्दोलन गर्ने जेनजी नागरिक अभियानको चेतावनी

काठमाडौं । राष्ट्रिय जेनजी नागरिक अभियानका आजय सोडारी, प्रकाश बम...

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले पाए बचत फिर्ता

काठमाडौं । शिव शिखर बहुउद्देश्यीय सहकारीका ४२ बचतकर्ताले बचत फिर्ता...

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

प्रदेश सरकारको सत्ता समीकरणमा सहभागी नहुने राप्रपाको निर्णय, महाधिवेशनका लागि विभिन्न समितिहरु गठन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले वर्तमान परिस्थितिमा कुनै पनि...

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

कम्युनिस्ट आन्दोलन पुनर्संरचनाको आवश्यकता औंल्याउँदै विप्लवको नयाँ केन्द्र गठन प्रस्ताव

काठमाडौँ । नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले वर्तमान कम्युनिस्ट...

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

बाढीबाट तीन सडक पूर्ण र छ आंशिक रूपमा अवरूद्ध

काठमाडौँ । सडक विभागले बाढी र पहिरोबाट तीन वटा पूर्ण...

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

आगामी सोमबारदेखि ‘हामी सुन्छौँ’ अभियान सञ्चालन गर्दै रास्वपा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०ले नागरिकका गुनासा, समस्या तथा...