back
CTIZAN AD

राजन दाहालको विप्लवलाई चेतावनी : इतिहाससँग न्याय गर्न आत्मसमीक्षा गर्नुपर्छ

वि.सं.२०८२ कात्तिक १२ बुधवार

1.7K 

shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता राजन दाहालले समाजिक सञ्जालमार्फत नेकपा (माओवादी केन्द्र)बाट अलग भएका समूहका नेता नेत्र विक्रम चन्द विप्लवप्रति लक्षित तीव्र प्रश्न उठाएका छन् ।

उनले हालैको राजनीतिक पुनर्गठन र विभाजनलाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा एक विस्तृत स्टाटस लेख्दै “इतिहाससँग न्याय गर्न आत्मसमिक्षा र कमजोरीको स्वीकारोक्ति गर्नुपर्छ” भनेका छन् ।

दाहालले आफ्नो पोस्टमा लेखेका छन्, “अन्ततः यही बाटोमा आउनु थियो भने जन विश्वास आर्जन गरेको एकताबद्ध र मजबूत केन्द्रीकरण भएको पार्टी किन विभाजित गरेको?” भन्दै पार्टी विभाजन, नेतृत्व निर्णय र संगठनात्मक असन्तुलनका विषयमा श्रृंखलाबद्ध प्रश्न उठाएका छन् ।

उनले थप प्रश्न गर्दै भनेका छन्, “श्रद्धेय अध्यक्ष कमरेड प्रचण्डलगायत माओवादीका नेताहरूलाई मार्न बम किन बिछ्याएको ? अरू पार्टीलाई भोट हाल्न लगाएर माओवादीलाई किन हराउन लागेको ?”

दाहालले हालै गठन भएको नयाँ वाम गठबन्धन र त्यससँग सम्बन्धित छलफलप्रति पनि असन्तुष्टि जनाएका छन् । उनका अनुसार पार्टीको बहुमत निर्णय र लेनिनवादी संगठनात्मक पद्धतिलाई अस्वीकार गरेर नयाँ संरचना बनाउने प्रवृत्ति “एकताको विपक्षमा रहेको” देखिन्छ ।

पोस्टमा उनले “वार्ता टोलीमा नाम र चुनाव चिन्हबारे छलफल भइरहेकै बेला निर्वाचन आयोगमा नयाँ दल दर्ता गर्न खोजिनु” अस्वीकार्य भएको बताएका छन् । साथै उनले पार्टीभित्रका मतभेद समाधान नहुँदै “ओलीसँग वार्ता र राजावादीहरूसँग गोप्य भेटघाट” गरिएको आरोप पनि लगाएका छन् ।

दाहालको फेसबुक स्टाटसको अन्त्यमा उनले लेखेका छन्, “इतिहास प्रति न्याय गर्न पनि आत्मसमिक्षा र कमजोरीको स्वीकारोक्ति गर्नुपर्ला नि। नैतिक जिम्मेवारी पनि लिनै पर्ला नि ।”

दाहालको यो टिप्पणीलाई राजनीतिक विश्लेषकहरूले माओवादी आन्दोलनभित्र पुनः उठ्दै गरेको वैचारिक असन्तोषको सङ्केतका रूपमा लिएका छन् ।

 

 

वि.सं.२०८२ कात्तिक १२ बुधवार १०:१८ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...