back
CTIZAN AD

पर्वतमा आठ प्रजातिका धानबालीको अनुसन्धान

वि.सं.२०८२ कात्तिक १२ बुधवार

639 

shares

पर्वत । यस वर्ष यहाँ खेती गरिएकामध्ये आठ प्रजातिको धानबालीको मूल बीउ अनुसन्धान गरिएको छ । कुन स्थानमा कुन प्रजातिको धानखेती गर्दा प्रशस्त उत्पादन हुन्छ भन्ने पत्ता लगाउन अनुसन्धान गरिएको हो ।

राष्ट्रिय धान बाली अनुसन्धान केन्द्रले फलेवास नगरपालिकाका विभिन्न क्षेत्रमा लगाइएको आठ जातका धानमाथि अनुसन्धान गरेको हो । फलेवास नगरपालिका–६ देवीस्थानमा रहेको शक्ति कृषि तथा पशुपन्छी फर्म र नमूना कृषि सहकारीको सहकार्यमा धानका स्थानीय आठ जातको धानको मूल बीउ उत्पादन गरिएको छ ।

पोखरेली जेठोबुढो, रामधान चैते पाँच, हर्दिनाथ, सुुक्खा धान, स्थानीय धानको बीउ उत्पादन गरिरहेको छ । अहिले राष्ट्रिय धान अनुसन्धान कार्यलयको सहयोगमा आइआर १६, एल ७०४ र आइआर १६, ए ३७०८, आइआर २२८ एल, आइआर १३÷२०८४, यसभिआइएन ३६८ नयाँ प्रजातिको धानको मूल बीउ अनुसन्धान गरिएको हो ।

यसैबीच, कृषि प्राविधिकमार्फत धानको बीउ परीक्षणपछि बीउ गरिने अर्जुन श्रेष्ठले बताए । धानको बीउ तथा अन्य अन्नबालीको बीउ बिक्रीमा फलेवास नगरपालिकाले सहयोग गर्दै आएको उनले बताए ।

गत वर्ष यस क्षेत्रको धानको बीउ फलेवास नगरपालिका, जैमिनी नगरपालिका, बागलुङ नगरपालिका, कृषि विकास मन्त्रालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र पर्वतलगायतका सरकारी निकायमा रु आठ लाख बराबरको बिक्री भएको थियो ।

बर्सेनि तापक्रममा भएको वृद्धि, जलवायु परिवर्तन, सिँचाइको अभाव, बाँदर आतङ्कजस्ता कारणले कृषकहरूको धानतर्फको आकर्षण घट्दै गएका बेला केन्द्रले निश्चित प्रजाति पहिचान गरेर सिफारिस गरेपछि धानखेतीतर्फ आकर्षण बढ्ने विश्वास फलेवास नगरपालिकाकी उपप्रमुख शोभा क्षेत्रीले गरेका छन् ।

केन्द्रले यसअघि गत हिउँदमा फलेवास नगर पालिका ६ देवीस्थानका १२ जना किसानको खेतमा गहुँबालीको पनि अनुसन्धान गरेको थियो ।

वि.सं.२०८२ कात्तिक १२ बुधवार ११:१३ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...