back
CTIZAN AD

सुरक्षाकर्मीद्वारा मुक्तिनाथ मन्दिर परिसरको हिउँ पन्छ्याइयो

वि.सं.२०८२ कात्तिक १२ बुधवार

702 

shares

मुस्ताङ । सशस्त्र प्रहरी बल नेपाल ३३ नंं गुल्म हेडक्वाटर मुस्ताङका सुरक्षाकर्मीद्वारा आज बिहान मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याएको छ । मुक्तिनाथ विकास समितिका कोषाध्यक्ष प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरीले मुक्तिनाथ मन्दिरको हिउँ पन्छ्याइएको हो ।

मङ्गलबार बिहानदेखि मुक्तिनाथक्षेत्रमा भारी हिमपात भएको थियो । हिमपातका कारण मुक्तिनाथ मन्दिर पुरै हिउँले ढाकिएको थियो । बाक्लो हिउँ परेका कारण मुक्तिनाथ परसर तथा परिसरका अवस्थित दुई वटा स्नानकुण्डसमेत हिउँले ढाकिएको थियो । यसैगरी झक्तजनले सेचन गर्ने १०८ धारा आसपाससमेत बाक्लो हिउँ जमेका कारण भक्तजनलाई नुहाउन कठिनाई उत्पन्न भएको थियो ।

मुक्तिनाथ क्षेत्रमा मंगलबार दिनभर बाक्लो हिउँ परेको थियो । हिमपातका कारण मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिउँ जमेको थियो । पैदलमार्गमा हिउँ जमेपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थी समस्यामा परेका थिए ।

आज मौसम खुलेसँगै सशस्त्र प्रहरी निरीक्षक सुरज श्रेष्ठको कमाण्डमा गएको ११ जना सशस्त्र प्रहरीको टोलीले मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने पैदलमार्गमा जमेको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी बल नेपाल ३३ नं गुल्म हेडक्वाटरका सशस्त्र प्रहरी नायब उपरीक्षक भेषराज गिरीले जानकारी दिए । मुक्तिनाथ विकास समितिका प्रतिनिधि प्रमेश गुरुङको उपस्थितीमा सशस्त्र प्रहरी टोली घरेलु उपकरण कुटो,कोदालो, सावेल प्रयोग गरी मुक्तिनाथ क्षेत्रको हिउँ पन्छ्याएको सशस्त्र प्रहरी नायब उपरीक्षक गिरीको भनाइ छ ।

मुक्तिनाथ मन्दिर परिसर र मुक्तिनाथ जाने करिव दुई किलोमिटर पैदलमार्गमा जमेको हिउँ सशस्त्र प्रहरीद्वारा पन्छ्याइएपछि मुक्तिनाथ दर्शन गर्न जाने दर्शनार्थीलाई निकै सजिलो भएको वारागुङ–१ वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए । यहाँ परेको हिमपातका मुक्तिनाथ जाने दर्शनार्थीलाई आउजाउ गर्नमा निकै गारो थियो, चिप्लिने, लड्ने र दुर्घटना हुने जोखिम थियो, ‘वडाध्यक्ष गुरुङले भने, ‘यहाँ हिउँ पन्छ्याइपछि भक्तजनलाई हुने दुर्घटनाको जोखिम हटेको छ ।

यसैगरी सशस्त्र प्रहरी बल नेपाल ३३ हेडक्वाटर मुस्ताङले मुक्तिनाथमा दर्शन गर्न जाने दर्शनार्थीलाई लक्षित गरी एकदिने हाईअल्टिच्युड प्राथमिक स्वास्थ्य हेल्थ डेस्क राखेको छ । हिमपातसँगै चिसो ह्वात्तै बढेका कारण मुक्तिनाथ आएका दर्शनार्थीलाई हाइअल्टिच्युडको सम्भावना रहने भएकाले स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्क राखिएको शसस्त्र प्रहरीले जनाएको छ । मुक्तिनाथको तल्लो गेडमा सशस्त्र प्रहरीले स्वास्थ्य परीक्षणका लागि एकदिने हेल्थ डेस्क राखेको छ ।

वि.सं.२०८२ कात्तिक १२ बुधवार १४:०१ मा प्रकाशित

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...