back
CTIZAN AD

खाद्य कम्पनीद्वारा कैलालीमा धान खरिद सुरु

वि.सं.२०८२ कात्तिक १२ बुधवार

525 

shares

अत्तरिया (कैलाली) । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा धान खरिद गर्न सुरु गरेको छ । कम्पनीले आजबाट जिल्लाका छ स्थानमा खरिद केन्द्र राखेर किसानबाट धान खरिद सुरु गरेको हो ।

जिल्लाको मोहनपुर, टीकापुर, सत्ती, गौरीगङ्गा, भजनी र जोशीपुरबाट सरकारले निर्धारण गरेको न्यूनतम समर्थन मूल्यमा धान खरिद गर्न लागिएको कार्यालय प्रमुख दीपक थापाले जानकारी दिए । उनका अनुसार जिल्लामा मोटा धान खरिद गरिने र यस वर्ष सरकारले मोटा धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल रु तीन हजार ४६३ दशमलव ८१ पैसा निर्धारण गरेको छ ।

उनले भने, “यस वर्ष कम्पनीको जिल्लामा पहिलो चरणका लागि धान खरिद कोटा ३५ हजार क्विन्टल रहेको छ, कोटा बढ्न सक्ने देखिन्छ, प्रतिकिसानबाट बढीमा ५० क्विन्टलका दरले धान खरिद गर्ने योजना छ ।” कार्यालय प्रमुख थापाले धान बिक्रीका लागि किसानले परिचय खुल्ने कागजात, किसान प्रमाणित भएको वडाको सिफारिस, चेकको प्रतिलिपि ल्याउनुपर्ने बताए ।

खाद्यले धान खरिद सुरु गरेसँगै किसानले सरकारले निर्धारण गरेको समर्थन मूल्य पाउने भएका छन् । यसअघि किसान सस्तोमा व्यापारीलाई धान बिक्री गर्न बाध्य थिए । गत वर्ष जिल्लामा कम्पनीको धान खरिदको कोटा ५५ हजार क्विन्टल रहेकामा ३४ हजार ५०० क्विन्टलमात्र खरिद भएको कार्यालय प्रमुख थापाले जानकारी दिए ।

वि.सं.२०८२ कात्तिक १२ बुधवार १४:५९ मा प्रकाशित

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान

कञ्चनपुर ।  कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–३ का किसानले लामो समयदेखि भोग्दै...

कैलाली-२ मा रास्वपाका खनाल विजयी

कैलाली-२ मा रास्वपाका खनाल विजयी

घोडाघोडी (कैलाली) । कैलाली क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र...

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

कैलालीका तीन क्षेत्रमा रास्वपा र एक-एक क्षेत्रमा एमाले र नेकपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

बैतडीमा रास्वपाको सुरुआती अग्रता

बैतडीमा रास्वपाको सुरुआती अग्रता

दशरथचन्द (बैतडी) । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीमा राष्ट्रिय स्वतन्त्र पार्टी...

कैलालीका दुई क्षेत्रमा नेकपा, एक÷एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

कैलालीका दुई क्षेत्रमा नेकपा, एक÷एक क्षेत्रमा कांग्रेस र रास्वपाको अग्रता

सुदूरपश्चिम । प्रतिनिधिसभा सदस्यको जारी मतगणनाका क्रममा कैलाली निर्वाचन क्षेत्र...

कैलाली–४ मा मतगणना सुरु, १ मा रास्वपाको अग्रता

कैलाली–४ मा मतगणना सुरु, १ मा रास्वपाको अग्रता

कैलाली । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको...