back
CTIZAN AD

कैलाली–४ मा मतगणना सुरु, १ मा रास्वपाको अग्रता

वि.सं.२०८२ फागुन २२ शुक्रवार

576 

shares

कैलाली । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्यका लागि भएको निर्वाचनअन्तर्गत कैलाली क्षेत्र नं–४ को मतगणना सुरु भएको छ ।

निर्वाचन अधिकृत हरिप्रसाद आचार्यका अनुसार सर्वदलीय बैठक बसेपछि कैलालीको गेटास्थित निर्वाचन अधिकृतको कार्यालयमा मतगणना सुरु भएको हो । मतगणना गोदावरी नगरपालिका–१ बाट थालिएको उनले जानकारी दिए ।

कैलाली–४ मा कुल एक लाख १५ हजार १४३ मतदाता रहेकामा ६३ हजार ३४ जनाले मतदान गरेका थिए । सो क्षेत्रमा ५४.७४ प्रतिशत मत खसेको थियो । कैलाली–४ मा नेपाली कांग्रेसबाट गोरखबहादुर बिष्ट (आनन्द), नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट लेखराज भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट खेमराज कोइरालालगायत उम्मेदवारले चुनाव लडेका छन् ् ।

कैलाली–१ मा रास्वपाको अग्रता

कैलाली निर्वाचन क्षेत्र नं–१ मा २ हजार ९६० मत गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता हासिल गरेको छ । सो क्षेत्रमा रास्वपाका उम्मेदवार कोमल ज्ञवालीले ८६२ मत प्राप्त गरेका छन् ।

कांग्रेसका जनकराज चौधरीले ७१७, स्वतन्त्र उम्मेदवार फागुराम थारुले ६४६, नेपाली कम्युनिस्ट पार्टीका रामलाल डगौँरा थारुले २०७ मत, नेकपा (एमाले) का द्वारिकाप्रसाद न्यौपानेले १८९ मत तथा उज्यालो नेपाल पार्टीका उम्मेदवार प्रदिपकुमार चौधरीले १२२ मत प्राप्त गरेका छन् ।

वि.सं.२०८२ फागुन २२ शुक्रवार १२:५६ मा प्रकाशित

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बडीमालिका मेला भदौ १ देखि, तयारी सुरु

बाजुरा । सुदूरपश्चिम प्रदेशको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य बडीमालिका...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

महाकाली भन्सार कार्यालयद्वारा एक करोडभन्दा बढी राजस्व सङ्कलन

बैतडी । बैतडीको झुलाघाटस्थित महाकाली भन्सार कार्यालयले आर्थिक वर्ष २०८२÷८३...

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

मोटरसाइकलसहित बगाएका चालकको सकुशल उद्धार

कैलाली । कैलालीको मोहन्याल गाउँपालिका–७ स्थित पितमारी खोलामा आएको बाढीले...

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

बझाङ– बनलेक ४०० केभी क्षमताको प्रसारण लाइन निर्माण हुने

काठमाडौँ । कुल दुई हजार ५०० मेगावाट बराबरको बिजुली प्रवाहका...