Logo
३ माघ २०७८, सोमबार
     Mon Jan 17 2022
E-paper
  English Edition
   Unicode
Logo

एकसाँझ–सोल टु सुन्धारा !



milan-kanchha-kirati
घाम र पहाडको दुरी तीन हात जति होला ! हान नदी छिचोल्दै बत्तास मतिर हुत्तिन्छ । नदी र सडक किनार भूईंफूलको सुगन्ध चल्छ । लस्करै सजाइर्एका कोरियन झण्डा फर्फराउँछन् । रुखको चिउला पात फिरफिर हल्लिन्छ । साँझको सिर्सिरे बत्तास ! निर्लज्ज गालामा स्पर्श गर्छ । पलभरमै हराउँछ । सडकमा सवारी साधनको चाप बढ्दै जान्छ । शायद, कोरियनहरु कामबाट फर्कदैछन । हिउँले नाङ्गिएका पहाडहरु फूलहरुले सजिदै छन । सुन्दरीहरु टु–पिसमा उभिएझै लाग्छ–थुम्काहरु । मनमोहक छ–दृश्यहरु । म जमिनमुनि रेल चढ्न ओर्लन्छु । यहाँको सरकार सडकमै आउँछ क्यारे ! र त कति सफा शौचालय, सडक र पेटीहरु ! एक नम्बरको लाइन पक्रेर पुग्नु छ इन्सादोङ ! भेट्नु छ कवि व्याँसिले जाबा अर्थात पत्रकार गणेश दाइ ! नेपालबाट हिजै आएर होटल एम्बास्डरमा बस्नु भएको म्यासेज इनबक्समा हेरिसकेको छु । त्रिवि उपकुलपतिलगायत शैक्षिक भ्रमणमा आउनु भएको हो । त्यसो त टीआईएदेखि इन्चोनसम्मको रोमाञ्चक सेल्फीले दाइको पर्याप्त जानकारी मिलिरहेकै थियो ।

पिलिक्क अर्को तस्बिर आयो । नामसान टावर घुम्दै हुनुहुँदो रहेछ । सोलको नामसान टावरले सुन्धाराको याद दिन्छ । विनाशकारी भूकम्पले सुन्धारामा धरहरा ढाल्यो । धरहरामात्रै ढालेन । धेरैको भविष्य ढाल्यो । करोडौँको मुडु विछिप्त बनायो । घरबार विहीन पा¥यो । रोदन, आँशु र अन्धकार थोप¥यो । सुन्धारामा धरहरा छैन । तर, सम्झना छ । सोलको नामसान टावर सुन्धाराको धरहरा उचाईमा फरक, वातावरण पनि फरक, भूगोल त त्यस्सै फरक, तर, अनुभूति उस्तै ! आकार–प्रकार पनि झण्डै उस्तै लाग्छ ।

हिउँद जाडो यामको कुनै दिन ! घट्टेकुलो मिर्मिरे एफ.एमको भवन पछाडी जहाँ साल्दाइ (पूर्वमन्त्री गोपाल किराती) बस्नुहुन्थ्यो । जाडो छल्न सिरकमा दाजुभाइसँगै गुटमुटिएर बस्दै गफ गर्दा भन्नु हुन्थ्यो, ‘चन्द्रमाबाट देखिने पृथ्वीको एकमात्र मानव निर्मित ग्रेटवाल चाइनाका नागरिकले खूब गर्व गर्दारहेछन ! त्यस्तै अमेरिकाले लिवर्टी स्ट्याचु, फ्रान्सले एफिल टावर जस्ता प्रायः देशहरुको आफ्ना मानव निर्मित गर्वानुभूति गर्ने केही न केही चीज अवश्य सिर्जना गरिरहेका हुँदारहेछन । हामी चै प्रकृतिले दिएको त्यही एउटा सगरमाथा पहरो छ । पहरो हे¥यो । नाम लियो । गर्व ग¥यो ।’ उहाँ त्यतिखेर नेपालको पूर्वी भेगमा पर्ने ट्याम्के डाँडामा गणतन्त्र भ्यु टावर निर्माण अभियानमा सक्रिया हुनुहुन्थ्यो । अहिले पनि हुनुहुन्छ । साँच्चै प्रकृतिले दिएकोभन्दा मानवले नै निर्माण गरिएको वस्तुमा गर्व गर्नु महानता होला ! त्यसैले, गणतन्त्र भ्यु टावर बनिनु पर्छ । धरहरा पुनः निर्माण गरिनु पर्छ । सबैले दिल खोलेर सहयोगको हात अघि बढाउनु पर्दछ । हुन त कोरियाले पनि आफ्नो विकासको चमत्कार हान नदीलाई मान्ने गर्छ । तर, उनीहरु पर्यटकीय प्रवद्र्धन गर्न र गर्वानुभूति गर्न लायक मानव निर्मित चीज नामसान टावरहरु नै ठान्छन । हामीले विकास, समृद्धिको सफलतालाई सगरमाथाको चमत्कारको रुपमा लिन सक्छौँ । तर, गर्वानुभूतिको वस्तु मानव निर्मित नै निर्माण गर्नसके कत्ति गज्जप हुन्थ्यो होला ! हाम्रो परिश्रम, परिचयको प्रतीक, आस्थाको प्रतीक, स्वतन्त्रताको प्रतीक केही न केही यस्ता चीजहरु अरुको हेरेर पनि पाठ सिक्न सक्नुपर्ने हो । सकिरहेका छैनौँ । अवश्य, सिक्न सकौँ । सबै जुटौँ ।

सोलको नामसान टावरले सुन्धाराको याद दिन्छ । विनाशकारी भूकम्पले सुन्धारामा धरहरा ढाल्यो । धरहरामात्रै ढालेन । धेरैको भविष्य ढाल्यो । करोडौँको मुडु विछिप्त बनायो । घरबार विहीन पा¥यो । रोदन, आँशु र अन्धकार थोप¥यो । सुन्धारामा धरहरा छैन । तर, सम्झना छ । सोलको नामसान टावर सुन्धाराको धरहरा उचाईमा फरक, वातावरण पनि फरक, भूगोल त त्यस्सै फरक, तर, अनुभूति उस्तै ! आकार–प्रकार पनि झण्डै उस्तै लाग्छ ।

सोल इन्सादोङ पुगेँ । बेलुका अँध्यारो छिप्पिदै थियो । होटलको बसबाट नामसान टावरबाट दाइहरु आईपुग्नु भयो । त्रिवि उपकुलपति प्रा.डा.तिर्थराज खनिया, शिक्षा सङ्काय डीन प्रा.डा. कृष्णप्रसाद गौतम, सानोठिमी क्याम्पस प्रमूख रामचन्द्र घिमिरे, शिक्षा विभाग महानिर्देशक बाबुराम पौडेल सबैसँग दाइले परिचय गराउनु भयो । कोरियामा त्यसरी उहाँहरुसँग भेट गर्न पाउनु आफुलाई भाग्यमानी सम्झन्छु । दाजुभाइ भेटिनु त झन साह्रै खुशीको कुरा भैहाल्यो । सबैजना उभिएर सेल्फी लियौँ ।

हामी दाजुभाइको सम्बन्ध रगतको हो, त्योभन्दा धेरै भावनाको हो । पच्चीसबर्ष पुरानो पत्रिका लिब्जु–भुम्जुबाट भाषिक, साहित्यिक, साँस्कृतिक आन्दोलनको हो । पत्रिका सम्पादन, साहित्य सिर्जना र विचार लेखनको अभियानले नै गणेश राई कान्तिपुर दैनिकको खाँचो बन्नुभयो । व्याकुल माइला राष्ट्रगानका रचनाकार बन्नुभयो । पुष्पहरि क्याम्पा राई, गजुरधन राई सञ्चार क्षेत्रमा सम्मानित हुनु त्यसैको उपज हो । हजारौँ लेखक, साहित्यकार, आख्यानकार लिब्जु–भुम्जुले जन्माईसकेको छ । म आफैलाई यस्तो लाग्छ, लेख्न सक्दिनँ । तर, मनमा लागेको कुराहरु धेरै नभए पनि दुईचार सावाँ, अक्षर ओकल्न सक्ने भएको छु । यो देन लिब्जु–भुम्जुको हो । तसर्थ, हाम्रो रगतकोभन्दा गहिरो भावनाको सम्बन्ध त्यहाँनेर छ ।

विभिन्न पठनीय कृतिहरुको साथै वाम्बुले राई मातृभाषाका प्रतिभा र केही सिर्जना कृतिलगायत लिब्जु–भम्जुका विभिन्न अङ्कहरु मेरो हातमा थमाईदिनु भयो । म खुशीले प्रफुल्लित भएँ । म जस्तो घुमन्तेसँग के हुन्छ र ! मैले दिनु के नै थियो र ! ङिच्च हाँसीदिएँ । युनिभर्सल फेमस गिफ्ट थ्याङ्क्यु भनिदिएँ । तर, दाइ गम्भीर भएर भन्दै हुनुहुन्थ्यो, ‘अब रेस्पोन्स लिने बेला आईसक्यो ।’ रातभर अबेलासम्म गफ ग¥यौँ । मानौँ, मैले जीवनमा पहिलोचोटी निकै दुर्लभ कोचिङ पढिरहेको छु । विहान नास्तापछि छुट्टिनेबेला उपकुलपति तीर्थ सरले भन्दै हुनुहुन्थ्यो, तपाईको बारेमा गणेश जीबाट धेरै सुनेको छु । भेटेर खुशी लाग्यो । मैले सबै जनासँग विदा मागेँ । त्यसपछि छुट्टियौँ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हास्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) द्धारा सन्चालित धुर्मुस

बुटवल । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र रुपन्देही कार्यालयले ड्राइभिङ लाइसेन्स चालक

लालबहादुर ढेंगा, दुबई, युएई । राहदानी बिभागले हाल बिद्युतीय राहदानी (भ(एबककउयचत) जारी गर्ने कार्यको

काठमाडौं । विभिन्न चार बैंकबाट ८० करोड रुपैयाँ ऋण निकालेर मदिरा व्यवसायी गरेको एक

काठमाडौं । इटहरीका चर्चित मेयर द्धारिकालाल चौधरी पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा भने नराम्रोसँग पराजित भएका