back

सदस्यताका लागि एनआरएनए कतारले खुलायो आवेदन

वि.सं.२०७४ जेठ २९ सोमवार

522 

shares
IME Limited
NTC AD

nrna-qatarदिल कुमार श्रेष्ठ, दोहा

गैरआवासीय नेपाल संघ, राष्ट्रिय समन्वय परिषद, कतारले आगामी कार्यकाल २०१७–२०१९ का लागि पंजिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ l  संघको  चौथो तथा अन्तिम राष्ट्रिय परिषद् भेलाको निर्णय अनुरुप  पंजिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यताका आवेदनका लागि गत २६ मई २०१७ देखि अन्तिम मिति १४ जुलाई २०१७ शुक्रवार राती ११:५९ बजे सम्म तोकेको छ ।

एनआरएनए एनसीसी कतारले यो पटक आवेदन दिनको अाइसिसिको निर्देशन अनुरुप अनलाईन प्रबिधी मार्फत आबेदन लिएको छ । संघले विभिन्न मिडिया मार्फत सूचना जारी गर्दै कतारमा कार्यरत सम्पूर्ण गैरआवासीय नेपालीहरुलाई आवेदन दिन र नबिकरण गर्न आह्वान गरेको छ l

एनआरएनए एनसीसी कतारले पंजिकृत सदस्यता नविकरण तथा नयाँ सदस्यता आवेदन सुल्क ५५ रियल कायम गरिएको  छ । तोकिएको अन्तिम मिति (अवधि) भित्र शुल्क समेत भुक्तानी गरि सक्नु पर्नेछ अन्यथा फर्म स्विकृत हुनेछैन । आवेदकले फर्ममा उल्लेखित विवरणहरु अनिवार्य भर्नु पर्नेछ  । आवेदकले निम्नानुसार नियमहरु पालना गर्दै आवेदन दिन सक्ने छन् l

१. आवेदन अनिवार्य http://qa.nrna.org/Registration मा लिङक गरिएको फर्म मार्फत भर्नु पर्नेछ । यसरी भरिएको आवेदन आइसीसीको IMS प्रणालिमा जाने भएको र परिवर्तन नहुने भएकोले सहि विवरण भर्नु पर्नेछ ।

२. आवेदन फर्म भर्दा इमेल ठेगाना अनिवार्य छ । उल्लेखित इमेल नै आफ्नो प्रोफाइलको युजर आइडि हुनेछ । आवेदन प्राप्त भएको, स्विकृत वा अस्विकृत भएको लगायतका सबै जानकारी सोहि इमेलमा प्राप्त हुनेछ । साथमा फर्म भर्दा उल्लेख गरिएको पासवर्ड सदस्य स्वयंले सुरक्षित राख्नु पर्नेछ ।

३. नविकरण गर्ने आवेदकले फोटो, पासपोर्ट र बैध कतारी आईडिको प्रतिलिपि नत्थि गर्नु पर्ने छ ।

४. नयाँ आवेदकले अनिवार्य नत्थि गर्नु पर्ने :-

क. फोटो

ख. पासपोर्ट

ग. कतार प्रवेश गरेको २ बर्ष पुरा भएको प्रमाणित कागजात

घ. हाल वैध कतारि आईडिको प्रतिलिपिसहित आवेदकले अनलाईन आवेदन फर्म भरे पश्चात  सदस्यता शुल्क भुक्तानीको लागि एनआरएनए एनसीसीका निम्ननुसार पदाधिकारीहरुलाई चयन गरेको छ l प्रदेश नं. १ मातेज कटुवाल ५५८६८२१४, धिरज राई ५५०९२९४१,

प्रदेश नं. २ उत्तिम साह ३०२७६५१०, खिम रानामगर ५५८७२७९५,प्रदेश नं. ३ भेषराज पराजुली ७७७४६६३३, ५०४२१९१८, प्रकाश परियार ५५२९८०३७,

प्रदेश नं. ४ प्रेम बि. क. ३१४११३००, रेशम बस्नेत ३३८४०६४२,प्रदेश नं. ५ मुक्तदा मुसलमान ७४४४९५९२, ठाकुर परियार ३३१२८८२९,प्रदेश नं. ६ र ७ लिला जि. सी ३११४३६९१, नरेस जैसी ७०६९१८४१ रहेका छन् l

 

वि.सं.२०७४ जेठ २९ सोमवार ०२:०५ मा प्रकाशित

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिकामा नेपाली परिवारका चारजना मृत भेटिए

अमेरिका । अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा एक नेपाली...

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

नेपाली जनप्रगतिशील मञ्च बेल्जियमको अध्यक्षमा मनिष गुरुङ

इन्दिरा चाम्लिङ, बेल्जियम । नेपाली जनप्रगतिशील मञ्चको अध्यक्षमा मनिष गुरुङ...

‘अफगानिस्तानको आगो’ लोकार्पण

‘अफगानिस्तानको आगो’ लोकार्पण

पोर्चुगल । अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित...

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

क्यानडामा ’जातीय विभेदमुक्त विश्वका लागि विश्व सम्मेलन’ सम्पन्न

टोरन्टो । ’जातीय विभेद मुक्त विश्वका लागि विश्व सम्मेलन २०२५’...

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष घिमीरेलाई विशेष सम्मान

जिपि कोईराला फाउन्डेशन अमेरिकाका अध्यक्ष सोमनाथ घिमीरेलाई विशेष सम्मान प्राप्त भएको...