back
CTIZAN AD

ओलीको घर फर्क अभियानः पार्टी एकता भाँड्ने षड्यन्त्र

वि.सं.२०८२ कात्तिक १६ आइतवार

921 

shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले पार्टी एकताको प्रक्रिया कमजोर पार्ने प्रयास गरेको आरोप एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि लगाएको छ।

पार्टीका उपाध्यक्ष तथा प्रवक्ता प्रकाश ज्वाला ले विज्ञप्ति जारी गर्दै भनेका छन्— हालै सम्पन्न केन्द्रीय कमिटीको बैठकले विभिन्न वामपन्थी दलबीच एकताको ऐतिहासिक निर्णय गरेपछि ओलीले ‘घर फर्क’ भन्ने भ्रमपूर्ण प्रचार सुरु गरेर त्यसलाई भाँड्ने प्रयास गरेका छन्।

विज्ञप्तिमा यो कदमलाई एकता प्रक्रियाविरुद्धको “दुष्प्रयास” भन्दै कुनै पनि कार्यकर्ता भ्रमित नहुन र सम्पूर्ण पार्टी पङ्क्तिलाई केन्द्रीय कमिटीको निर्णयको पक्षमा दृढ रहन आह्वान गरिएको छ।

बैठकले पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद–लेनिनवाद, रणनीतिक लक्ष्य वैज्ञानिक समाजवाद, संगठनात्मक सिद्धान्त जनवादी केन्द्रीयता, र नेपाली विशेषतासहितको समाजवादी कार्यदिशा अपनाउने निर्णय गरेको छ।

त्यससँगै, जनवादी क्रान्तिका उपलब्धि र राष्ट्रिय स्वतन्त्रता जोगाउँदै सुशासन, सामाजिक न्याय, र आर्थिक–सामाजिक रूपान्तरणमार्फत समाजवादतर्फ अघि बढ्ने रणनीति तय गरिएको छ।

बैठकले नेकपा (माओवादी केन्द्र), विप्लव समूहबाट पुनर्गठित नेकपा, नेपाल समाजवादी पार्टी, नेकपा समाजवादी, र जनसमाजवादी पार्टी लगायत दलहरूलाई समेट्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने लक्ष्य लिएको छ।

वि.सं.२०८२ कात्तिक १६ आइतवार ११:०४ मा प्रकाशित

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

दलाई लामाको जन्मोत्सवमा विदेशी कूटनीतिज्ञको सहभागिताप्रति पूर्व राजदूतहरूको गम्भीर आपत्ति

काठमाडौं । चीनका लागि नेपाली पूर्व राजदूतहरूले काठमाडौंमा हालै सम्पन्न...

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

दलाई लामा प्रकरणमा सरकारमाथि नारायणकाजीको गम्भीर प्रश्न

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले दलाई लामासम्बन्धी...

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

विश्व च्याम्पियनसिपमा कांस्य जितेका सुमन तिमिल्सिनालाई अमेरिकामा सम्मान

काठमाडौं । अमेरिकाको न्युयोर्कस्थित च्याम्पियन्स मार्सल आर्ट्सले नेपाली कराते खेलाडी...

आज राष्ट्रिय सभाको बैठक बस्दै

आज राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दै छ । सङ्घीय...

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

सेतीखोला आयोजनाबाट विद्युत् उत्पादन सुरु

कास्की । कास्कीको पोखरा महानगरपालिका–३३ मा निर्माण सम्पन्न भएको २२...

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

नेपालको तेस्रो जलविद्युत् केन्द्रको पुनः निर्माण धमाधम

काभ्रेपलाञ्चोक । बाढीपहिरोले क्षतिग्रस्त पनौती जलविद्युत् केन्द्र सञ्चालन गर्न अझै...