back
CTIZAN AD

माओवादीमै फर्किए गोपाल किराँती

वि.सं.२०८२ कात्तिक १७ सोमवार

645 

shares

काठमाडौं । गोपाल किराँती नेतृत्वको ‘देशभक्त समाजवादी मोर्चा’ माओवादी केन्द्रमा समाहित भएको छ । माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र मोर्चाका अध्यक्ष किराँतीले तीन बुँदे सहमती गर्दै किराँती नेतृत्वको मोर्चा माओवादी केन्द्रमा समाहित भएको पत्र सार्वजनिक गरेका हुन् ।

हालको राजनीतिक अस्थिरताका बिच देशलाई सही दिशातर्फ लैजाने उद्देश्यसहित कात्तिक १५ गते नै दुई दलबीच यस्तो सहमती भएपनि पत्र भने आजसार्वजनिक गरिएको हो ।

सार्वजनिक सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, समाजवादी राज्य–व्यवस्थाको कार्यान्वयन र दलाल–नोकरशाही पुँजीवादी शासन अन्त्य गर्न एकीकृत समाजवादी ध्रुवीकरणको आवश्यकता औंल्याइएको छ ।

जसअनुसार पहिलो बुँदामा विगतका वैचारिक, राजनीतिक र सांगठनिक कमजोरीको वस्तुनिष्ठ समीक्षा गर्न कार्यटोली गठन गरी दस्तावेजीकरण गर्ने उल्लेख छ । सो प्रक्रियाबाट वर्गीय तहबाटै नयाँ आधारमा एकता र रुपान्तरणको दिशा तय गरिने बताइएको छ ।

दोस्रो बुँदामा गोपाल किरातीले विकसित गरेको “देशभक्तिपूर्ण पहिचानसहितको समाजवादी लोकतन्त्र” विषयमा पार्टीभित्र व्यवस्थित छलफल गरी पूर्ण जनवादका आधारमा निर्णय लिने उल्लेख छ ।

तेस्रो बुँदामा उक्त सहमति कार्यान्वयनका लागि गोपाल किराती नेतृत्वका माक्र्सवादी क्रान्तिकारीहरु नेकपा (माओवादी केन्द्र)मा ध्रुवीकृत हुने निर्णय गरिएको छ ।

वि.सं.२०८२ कात्तिक १७ सोमवार १२:०५ मा प्रकाशित

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...