back

अपराध अनुसन्धानमा अग्रणी प्रहरी निरीक्षक प्रवेश तिवारी सम्मानित

वि.सं.२०८२ कात्तिक १७ सोमवार

678 

shares

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी निरीक्षक प्रवेश तिवारीलाइ एक कार्यक्रमकाबिच सम्मान गरेकाे छ । अपराध अनुसन्धान शाखामा प्रमुख भूमिकामा रहेका तिवारी असोज महिनाका ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषित भएका हुन्।

निरीक्षक तिवारीले फैसला कार्यान्वयनदेखि विविध अपराध अनुसन्धानमा उच्च व्यावसायिकता, निष्ठा र जिम्मेवारीका साथ उल्लेखनीय योगदान दिएका थिए । उनले पछिल्लो एक महिनाको अवधिमा लागूऔषध नियन्त्रण, सुन चोरी, फरार अभियुक्त पक्राउ र अवैध उत्खनन नियन्त्रणजस्ता संवेदनशील मुद्दामा प्रभावकारी नेतृत्व देखाएका थिए। निरीक्षक तिवारीले अपराध अनुसन्धानलाई नतिजामुखी बनाउँदै कानून कार्यान्वयनमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेपछि सम्मानित भएका हुन् ।

२०८२ साल असोज महिनाभर तिवारीको टोलीले नियन्त्रित लागूऔषधसहित २ जना अभियुक्त पक्राउ, सुन चोरीमा संलग्न १ महिला नियन्त्रणमा, तथा १३ जना फरार दोषी पक्राउ गरी १ वर्ष ७ महिना ४ दिनको कैद र ११ लाख ७१ हजार २०७ रुपैयाँ जरिवाना असुल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, ‘जेन–जेड आन्दोलन’का क्रममा विभिन्न कारागारबाट फरार भएका ८ जना कैदीलाई पनि पक्राउ गरी कानूनी दायरामा ल्याउने कार्यमा तिवारीको टोली सक्रिय रहेको प्रहरी स्रोतले जनाएको छ। यसै अवधिमा नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसारमा संलग्न १ वटा जेसिबी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएर तिवारीको टोलीले वातावरणीय अपराध नियन्त्रणमा पनि उल्लेखनीय भूमिका खेलेको जनाएको छ।

यी सबै उपलब्धि, नेतृत्व र समर्पणका आधारमा उनलाई “उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०८१” बमोजिम असोज महिनाको उत्कृष्ट प्रहरीको रुपमा चयन गरिएको हो। उनलाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले अपराध नियन्त्रण, अनुसन्धान र समुदाय–केन्द्रित सुरक्षामा देखाएको सक्रियता र समर्पणप्रति प्रशंसा व्यक्त गर्दै बधाई तथा आगामी जिम्मेवारीमा अझ सफलता प्राप्त गर्न शुभकामना जनाएको छ।

 

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:३० मा प्रकाशित

Himalayan Life AD
निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन...

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

बञ्चरेडाँडामा फोहोर फाल्न फेरि अवरोध

नुवाकोट । बञ्चरेडाँडामा आजदेखि स्थानीयले फोहोर विसर्जनमा पुनः अवरोध गरेका...

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...