back
CTIZAN AD

अपराध अनुसन्धानमा अग्रणी प्रहरी निरीक्षक प्रवेश तिवारी सम्मानित

वि.सं.२०८२ कात्तिक १७ सोमवार

1.3K 

shares

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले प्रहरी निरीक्षक प्रवेश तिवारीलाइ एक कार्यक्रमकाबिच सम्मान गरेकाे छ । अपराध अनुसन्धान शाखामा प्रमुख भूमिकामा रहेका तिवारी असोज महिनाका ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषित भएका हुन्।

निरीक्षक तिवारीले फैसला कार्यान्वयनदेखि विविध अपराध अनुसन्धानमा उच्च व्यावसायिकता, निष्ठा र जिम्मेवारीका साथ उल्लेखनीय योगदान दिएका थिए । उनले पछिल्लो एक महिनाको अवधिमा लागूऔषध नियन्त्रण, सुन चोरी, फरार अभियुक्त पक्राउ र अवैध उत्खनन नियन्त्रणजस्ता संवेदनशील मुद्दामा प्रभावकारी नेतृत्व देखाएका थिए। निरीक्षक तिवारीले अपराध अनुसन्धानलाई नतिजामुखी बनाउँदै कानून कार्यान्वयनमा उत्कृष्ट उदाहरण प्रस्तुत गरेपछि सम्मानित भएका हुन् ।

२०८२ साल असोज महिनाभर तिवारीको टोलीले नियन्त्रित लागूऔषधसहित २ जना अभियुक्त पक्राउ, सुन चोरीमा संलग्न १ महिला नियन्त्रणमा, तथा १३ जना फरार दोषी पक्राउ गरी १ वर्ष ७ महिना ४ दिनको कैद र ११ लाख ७१ हजार २०७ रुपैयाँ जरिवाना असुल गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

त्यस्तै, ‘जेन–जेड आन्दोलन’का क्रममा विभिन्न कारागारबाट फरार भएका ८ जना कैदीलाई पनि पक्राउ गरी कानूनी दायरामा ल्याउने कार्यमा तिवारीको टोली सक्रिय रहेको प्रहरी स्रोतले जनाएको छ। यसै अवधिमा नदिजन्य पदार्थको अवैध उत्खनन तथा ओसार–पसारमा संलग्न १ वटा जेसिबी र २ वटा ट्याक्टर नियन्त्रणमा लिएर तिवारीको टोलीले वातावरणीय अपराध नियन्त्रणमा पनि उल्लेखनीय भूमिका खेलेको जनाएको छ।

यी सबै उपलब्धि, नेतृत्व र समर्पणका आधारमा उनलाई “उत्कृष्ट प्रहरी छनोट कार्यविधि, २०८१” बमोजिम असोज महिनाको उत्कृष्ट प्रहरीको रुपमा चयन गरिएको हो। उनलाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय, स्याङ्जाले अपराध नियन्त्रण, अनुसन्धान र समुदाय–केन्द्रित सुरक्षामा देखाएको सक्रियता र समर्पणप्रति प्रशंसा व्यक्त गर्दै बधाई तथा आगामी जिम्मेवारीमा अझ सफलता प्राप्त गर्न शुभकामना जनाएको छ।

 

वि.सं.२०८२ कात्तिक १७ सोमवार १०:३० मा प्रकाशित

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

पहिरोले बेनी-जोमसोम सडक अवरुद्ध

गण्डकी । कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दी सदरमुकाम बेनीबाट मुस्ताङको जोमसोम जोड्ने...

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ

काठमाडौं । परराष्ट्र मन्त्रालयका सहसचिव पुष्पराज भट्टराई पक्राउ परेका छन्।...

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

बससँग ठाेक्किँदा सडक विभागको कार सुनकोशीमा खस्यो, तीन जना बेपत्ता

काठमाडौँ। सिन्धुलीको फिक्कल गाउँपालिका–२ नवलपुरस्थित मध्यपहाडी लोकमार्गमा बस र सडक...